काठमाडौं

गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा ३ जनाको नाम सिफारिस गरेको छ । "/>

नेपाल प्रहरीको एआइजीमा ३ जना सिफारिस

नेपाल प्रहरीको एआइजीमा ३ जना सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा ३ जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिको बैठकले ३ जना डिआइजीलार्इ एआइर्जीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो। अब तीन जनालार्इ मन्त्रीपरिषद्ले बढुवाको निर्णय गरेपछि पदस्थापना हुनेछ ।
पछिल्लो पटक नेपाल प्रहरीमा जम्मा तीन जना मात्रै एआइजीको व्यवस्था गरिएको छ भने यसपटक तीन जनाका लागि पाँच जना प्रतिस्पर्धामा रहेका थिए ।

मर्यादा विपरीत आचरण गर्ने ६ जना प्रहरी कारवाहीमा

यता सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई प्रहरीलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियान अन्र्तगत प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई कारवाही गरिएको जनाएको छ ।

कारवाही पर्नेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हबल्दार एक र प्रहरी जवान एक जना रहेको बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो ।

जिल्लाको शान्तिसुरक्षा सहित आन्तरिक शुद्धीकरण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले लागुऔषध नियन्त्रण तथा मानव बेचबिखन, महिला हिंसा, लैङ्गिक हिंसा, आत्महत्या, बहुविवाह, घरेलु हिंसा जस्ता घटनाको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिरहेको बताउनुभयो ।

Logo