काठमाडौं

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार ( आज) माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन् । "/>

इतिहास रच्ने अवसर पाएको नेपाल आज माल्दिभ्ससँग भिड्दै : साफ च्याम्पियनसिप

इतिहास रच्ने अवसर पाएको नेपाल आज माल्दिभ्ससँग भिड्दै : साफ च्याम्पियनसिप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार ( आज) माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन् । समूह ‘ए’ बाट आयोजक बंगलादेश र भुटानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको नेपालले बुधबार समूह ‘बी’ को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्ससँग नेपालले विगतमा सुखद नतिजा निकाल्न नसके पनि सेमिफाइनलमा फरक नतिजा आउनेमा नेपाली टोली ढुक्क देखिन्छ ।

‘हामीसँग माल्दिभ्सलाई जित्ने आधार छ । टोलीले प्रत्येक खेलमा सुधार गरिरहेको छ । खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेलेका छन्,’ पहिलो खेलमा पाकिस्तानसँग पराजित भए पनि बाँकी दुई खेलमा विजयी नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको नेपालका मुख्य प्रशिक्षक महर्जनले थपे, ‘वैकल्पिक खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । यस अघिको प्रदर्शन दोहोर्याउन सक्यौं भने हामी माल्दिभ्सलाई हराउन सक्षम छौं ।’

विगतका नतिजा हेर्ने हो भने नेपालको पक्षमा छैन । १५ खेल मध्ये नेपालले ४ खेलमा मात्र जित निकाल्न सकेको छ भने ४ खेल बराबरी खेलेको छ । बाँकी ७ खेलमा माल्दिभ्सले बाजी मारेको छ । पछिल्लो समय नेपालले बंगबन्धु गोल्डकपमा माल्दिभ्स माथि ४–० को नतिजा निकालेको थियो । नेपालले माल्दिभ्सलाई हराएको त्यही बंगबन्धु राष्ट्रिय रंगशाला हो जहाँ बुधबार पुनः दुवै आमने सामने हुँदैछन् । उक्त खेलमा नेपालका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।

साफ च्याम्पियनसिपमा ५ पटक सेमिफाइनल खेलेको नेपालले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । २०११ र २०१३ को सेमिफाइनलमा नेपाल माल्दिभ्ससँगै पराजित भएको थियो । तर मुख्य प्रशिक्षक महर्जनले माल्दिभ्सविरुद्ध विगतको नतिजा राम्रो नरहे पनि बुधबार नेपालले अहिलेसम्म हासिल गर्न नसकेको नतिजा आउने बताए । पछिल्ला दुई खेल बंगबन्धु र १२ औं दक्षिण एसियाली खेलकुद (यु–२३ टोली) मा माल्दिभ्सलाई पराजित गरेको स्मरण गर्दै महर्जनले साफ च्याम्पियनसिप फरक प्रतियोगिता भए पनि विजय हासिल गर्दै फाइनलमा स्थान बनाउने बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo