काठमाडौं । लामो खडेरीका कारण प्रभावित तराईका किसानले राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ । महाशाखाकी मौसमविद् विनु महर्जनले भनिन्, “यसपालि पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी नै वर्षा भएको छ, तर पूर्वीतराईबाट विस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अलि कमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ ।”
मनसुनको न्यून चापीय रेखा सरदरस्थानको उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले पनि सो क्षेत्रमा वर्षा भएको छ । देशभर नै मौसम बदली रहेको र खण्डित वर्षा भएको बताउँदै उहाँले काठमाडौँमा पनि आज खण्डिन वर्षा भएको बताइन् । आइतबार चन्द्रागिरि क्षेत्रमा वर्षा हुँदा उपत्यकाको माथिल्लो क्षेत्रको अवस्था सामान्य थियो यस्तै काठमाडौँको नक्सालतिर वर्षा हुँदा विमानस्थल क्षेत्रमा पानी परेको थिएन । यस्तै खण्डित वर्ष अन्य जिल्लामा पनि भएको छ ।































प्रतिक्रिया