बजाजको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपाली बजारमा, यस्ता छन् विशेषता

बजाजको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपाली बजारमा, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । बजाजको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपाली बजारमा भित्रिएकाे छ ।

आइतबार साँझ काठमाडौंमा एक कार्यक्रमबीच बजाज मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले स्कुटर सार्वजनिक गरेको हो।

‘३५०१’ भेरियन्टकाे यस स्कुटरमा ३.५ किलोवाटको ब्याट्री छ, जसलाई एकपटक पूर्ण चार्ज गर्दा १२७ देखि १५३ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले दाबी गरेको छ। यसलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ४ घण्टा लाग्ने कम्पनीकाे भनाइ छ ।

यस स्कुटरमा ३५ लिटरको ठूलो बुट स्पेस दिइएको छ, जसले दैनिक प्रयोगका लागि थप सुविधा प्रदान गर्छ। यसका साथै, चेतकमा एलसीडी कन्सोल, म्युजिक कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स लाइट र गाइड मी–होम ल्याम्प, स्मार्टफोन कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।

कम्पनीले चेतकको सुरूवाती मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ।

Logo