कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्याकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिएको प्रकरण राष्ट्रियसभा बैठकमा पुगेको छ । "/>

राजीनामा प्रकरण संसदमा, गृहमन्त्रीको जवाफ माग

राजीनामा प्रकरण संसदमा, गृहमन्त्रीको जवाफ माग

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्याकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिएको प्रकरण राष्ट्रियसभा बैठकमा पुगेको छ ।
आजको बैठकमा बोल्दै सत्तापक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । नेकपाकी सांसद नन्दा चपाईले निर्मला पन्त हत्या घटना छानबिन गर्न गठित समितिका सदस्य नै राजीनामा दिनु र महिना दिनसम्म पनि हत्यारा पत्ता नलाग्नुको कारण के हो भन्नेतिर सरकार गम्भीर हुनुपर्ने बताइन् ।‘माथिल्लो तहबाट त्यस्तो भएर कारवाही हुन नसकेको हो भने सरकार गम्भीर हुनुपर्छ,’ उनले भनिन् ।

त्यस्तै प्रतिपक्षी नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले छानबिन समितिका सदस्य उपसचिव विरेन्द्र केसीले अपराधी बचाउन कतै सरकार स्वयं संलग्न छ कि भन्ने आशंका बढेको बताए । उनका अनुसार सरकार छानबिन लम्ब्याएर अपराधी बचाउन चाहन्छ कि भन्ने देखिएको छ ।

७ नम्बर प्रदेशबाट निर्वाचित नेकपाका सांसद महेशकुमार महराले भने, ‘यो देशमा राज्य छ कि छैन ? राज्य गम्भीर हुनुपर्छ कि पर्दैन ? छानबिन समितिमा दत्तचित्त भएर काम गरिरहेका सदस्यलाई धम्की दिने र काम गर्न नदिने यहाँ राज्यभन्दा ठूलो को छ ?’

केसीले सोमवार राजीनामा दिएका थिए । किशोरी पन्तको बलात्कारपछि हत्या भएको थियो ।

Skip This
Skip This
Logo