कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न बनेको समितिका सदस्यमाथि नै छानबिन हुने भएको छ ।

आफुलाई ठूलो शक्तिबाट धम्की आएको भन्दै सोमवार उप-सचिव वीरेन्द्र केसीले छानविन समितिको सदस्यबाट राजिनामा दिएका थिए। "/>

गृह मन्त्रालयले छानविन समितिका सदस्यमाथि नै छानबिन गर्ने

गृह मन्त्रालयले छानविन समितिका सदस्यमाथि नै छानबिन गर्ने

केन्द्रबिन्दु
0
Shares

कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न बनेको समितिका सदस्यमाथि नै छानबिन हुने भएको छ ।

आफुलाई ठूलो शक्तिबाट धम्की आएको भन्दै सोमवार उप-सचिव वीरेन्द्र केसीले छानविन समितिको सदस्यबाट राजिनामा दिएका थिए। उनको राजिनामापछि गृह मन्त्रालयले छानबिन थालेको हो ।

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप-सचिव समेत रहेका केसीमाथी छानविन सुरु भएको गृहमन्त्री रामबहादुर थापाले बताए । गृहमन्त्री थापाले काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै छानबिनको प्रक्रिया थालेको बताएका हुन् ।

सरकारले घटनाको अनुसन्धान गर्न आइतवार १५ दिन म्याद थप गरेकै दिन केसीले समितिबाट राजिनामा दिएका थिए । सरकारले घटनाको छानविन गर्न गत भदौ ७ गते कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो।

Logo