कञ्चनपुर, २६ भदौ . किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

विद्यालयमै सेनेटरी प्याड

विद्यालयमै सेनेटरी प्याड

केन्द्रबिन्दु
२६ भाद्र २०७५, मंगलबार
0
Shares

कञ्चनपुर, २६ भदौ . किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । 

रजस्वला हँुदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो । 
रजस्वला हँुदा पानी छुन नदिने, धार्मिकस्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घर भन्दा टाढा अलग्गै बस्न लगाउने लगायतका कार्य यहाँका समाजमा अझै विद्यमान छ । समाजमा विद्यमान यस्ता कुप्रथालाई हटाउनका लागि नगरपालिकाले विद्यालयमा कार्यक्रम सञ्चलन गरेको छ । 

चेतनाको अभावमा किशोरीहरुले पुराना फोहर कपडा प्रयोग गर्दा सङ्क्रमण हुनसक्ने भएकाले नगरपालिकाभित्र रहेका ३४ सामुदायिक र २७ वटा निजी विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेका छौंँ नगर प्रमुख हमालले भन्नुभयो, “यसका लागि नगरपालिकाले रु एक लाख बजेट छुट्याएको र विद्यालयमा रजस्वलाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।” 

यसैगरी नगरपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाट प्रयोगशालाका सम्पूर्ण सेवा निःशुल्क दिने व्यवस्था गरेको छ । वडा नं– ८ रैकवार स्वास्थ्यचौकी र वडा न ५ कृष्णपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा निःशुल्क गरिएको हो । 

प्रयोगशाला सेवा निःशुल्क गरिएपछि दुबै स्वास्थ्य चौकीलाई रु दुई लाख अनुदान रकम उपलब्ध गराइएको नगर प्रमुख हमालले बताउनुभयो । नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रुपमा रु तीन हजार भत्ता उपलब्ध गराउने पनि व्यवस्था गरेको छ । 

सुत्केरी पछि तीन पटक स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीमा पुग्ने महिलालाई समेत प्रोत्साहनस्वरुप नगरपालिकाले रु तीन सयका दरले रकम उपलब्ध गराउनाका साथै पाठेघर खसेका महिलाका लागि स्क्रानिङ गर्नका लागि दुई वटा क्याम्प सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । सो कार्यका लागि रु एक लाख ५० हजार रकम विनियोजन गरिएको छ । 
गर्भवती तथा बालबालिका पोषण प्रर्वद्धन तालीमका लागि रु एक लाख र किशोरकिशोरीको प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउनका लागि तालीम आयोजना गर्न रु एक लाख ५० हजार व्यवस्था गरिएको छ । “नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्यबारे जागरुक बनाइ स्वस्थ्य समाज निर्माणका लागि जनमुखी कार्यक्रम बनाइ लागू गरेका छौँ ” नगरप्रमुख हमालले भन्नुभयो । (रासस)  

 

प्रतिक्रिया

भर्खर

रविको भारत भ्रमणमा के भयो ? १० बुँदामा व्याख्या

एमालेको संकल्प- १ संगठित सदस्य बराबर न्यूनतम ३ नयाँ सदस्य तयार गर्ने

सगरमाथामा ६ दिन बेपत्ता भएका दावा शेर्पाको ह्याम्स अस्पतालमा उपचार हुँदै​

पुलित्जर पुरस्कार विजेता कविहरूद्वारा केएमसी स्कुल बागबजारकाे भ्रमण

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu