बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त हुँदै, आजै शपथ हुने

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त हुँदै, आजै शपथ हुने

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा आज नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुने भएका छन् ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि बहादुरसिंह लामाले राजीनामा दिएसँगै प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।

लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजै मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि दिउँसो २ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् ।

Skip This
Skip This
Logo