फेसबुकमा निगमको नकारात्मक टिप्पणी गर्नेलाई घटुवा ! (परिपत्र सहित)

फेसबुकमा निगमको नकारात्मक टिप्पणी गर्नेलाई घटुवा ! (परिपत्र सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– नेपाल वायुसेवा निगमले फेसबुकमा नकारात्मक टिप्पणी गर्नेविरुद्ध कठोर कदम चाल्ने भएको छ ।

वायुसेवा निगमका दुई जहाज घाटामा जान थालेपछि सञ्चारमाध्यममासमेत नकारात्मक टिप्पणी भइरहेकाबेला कर्मचारीलाई बहसमा रोक लगाइएको हो । निगमका महाप्रबन्धक सुगत रत्न कंसाकारले नकारात्मक समाचार र टिप्पणी सामाजिक सञ्जालमा प्रस्तुत गर्ने कर्मचारीलाई घटुवासम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।

आन्तरिक सर्कुलर जारी गर्दै कंसाकारले निगमको कर्मचारी विनियमावलीसमेत ध्यान दिन आग्रह गरेका छन् । ‘नेपाल वायुसेवा निगमको कुनै पनि क्रियाकलाप वा कार्यहरुबारे सामाजिक सञ्जामा नकारात्मक टिकाटिप्पणी निगमको कुनै पनि कर्मचारीले शेयर गर्न नपाउने व्यवस्था नेपाल वायु सेवा निगमका कर्मचारीहरुको सेवा, शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ७४ (१)मा गरिएको हुँदा आजैको मितिदेखि कुनै पनि कर्मचारीले यो विनियम उल्लंघन गरेको खण्डमा विनियम ९२ (क) को खण्ड (ख) अनुसार तल्लो तहको पदमा घटुवा गरिने व्यवहोर जानकारी गराइन्छ,’ भदौ २४ गते गरिएको आन्तरिक परिपत्रमा भनिएको छ ।

किन परिपत्र गर्नुप¥यो ?
निगमले चीनबाट खरिद गरेका ६ वटा जहाज घाटामा गएपछि आलोचना सुरु भएको छ । निगमका कर्मचारीहरुले नै कम्पनी घाटामा जानु पछाडि मूल नेतृत्वको कमजोरी रहेको भन्दै प्रश्न उठाउन थालेका थिए ।

चारवटा जहाजमा नै वर्षेनि करोडौं घाटा व्यहोर्दै आएको गिनमले थप दुई वाई– १२ ई जहाज ल्याएको थियो । त्यसका लागि १२ जना क्याप्टेन आवश्यक भए पनि निगममा अहिले ६ जनामात्रै क्याप्टेन छन् । कंसाकारले भने चिनियाँ पक्षले स्पेयर्स पार्ट्स र पाइलटको समस्या समाधान गर्ने दाबी गर्दै आएका छन् ।

निगमसँग अहिले चिनियाँ जहाज ६ वटा र ट्वीनअटर ३ थान गरी आन्तरिक उडानमा ९ जहाज छन् । निजी क्षेत्रका जहाजसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै आलोचना सुरु भएको छ । गत आर्थिक वर्ष निगममा ३२ करोड ९० लाख रुपैयाँ घाटा भएको थियो ।

अन्तर्राष्ट्रिय उडानमा नाफा कमाउँदै गएको निगमलाई पुनः ब्रेक लाग्ने सम्भावना देखिएको छ । निगमले जापान र दक्षिण कोरियाको उडान अनुमति तत्काल पाउने सम्भावना टरेपछि नयाँ वाइडबडी जहाज पनि तत्काल घाटामा जाने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र सचिव कृष्णप्रसाद सापकोटालाई बोलाएरै वाइडबडीको आर्थिक पक्षबारेको रिपोर्ट पेस गर्न निर्देशन दिएका थिए ।

Skip This
Skip This
Logo