काठमाडौँ
आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासमै सबैभन्दा कालोदिन । आजकै दिन अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणमा करिब तीन हजार व्यक्तिको मृत्यु भएको थियो ।
अमेरिकाको न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा १७ वर्ष अगाडि आतङ्कवादी समूह अलकायदाले एकपछि अर्को गर्दै गरेका आक्रमणमा करिब तीन हजार अमेरिकीको निधन भएको थियो । यो विश्व इतिहासमै एउटा दुखद घटनाको रुपमा रहेको छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई यो आतंकवादी हमलाले चुनौती समेत दिएको थियो ।
विश्वमै सबैभन्दा सुरक्षित मानिने अमेरिकाको प्रमुख सहर न्युयोर्क र रक्षामन्त्रालय रहेको पेन्टागन माथि गरिएको अकल्पनीय आतंकवादी आक्रमण भएको १७ वर्ष पुरा भएको छ । करिब तीन हजार मानिसको ज्यान लिएको र ६ हजार भन्दा बढीलाई घाइते बनाएको साथै अर्बौं डलरको भौतिक क्षति पु¥याएको यो आतंकवादी आक्रमण अमेरिकाकै इतिहासमा कहिल्यै नभएको र कल्पनासम्म पनि नगरिएको घटना हो ।
यो घटनापछि सुरु गरिएको आतंकवादविरुद्धको विश्वव्यापी अभियान अहिले पनि जारी छ । यो अभियानले आतंकवादलाई समाप्त पार्न आतंंकवादलाई संरक्षण दिने तानाशाही अतिवादी सत्ता चलाउने शासकविरुद्ध कारबाही गर्नुका साथै अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा विन लादेनलाई मार्न सफलता मिलेको छ । तर पनि आतंकवाद र आतंकवादी गतिविधि भने विभिन्न रूपमा प्रकट भएका छन्, यसलाई समाप्त गर्न भने सकिएको छैन ।
आतङ्कवादी समूह अलकायदाका मुख्य नाइके मानिने ओसामाविन लादेनलाई घटना भएको सात वर्ष पछि अमेरिकी सेनाले हत्या गरेको थियो ।





























प्रतिक्रिया