रूपन्देही -३ मा लड्न रास्वपाकी कुसुम महर्जनले दिइन् समानुपातिकको सूचीबाट नाम हटाउन निवेदन

रूपन्देही -३ मा लड्न रास्वपाकी कुसुम महर्जनले दिइन् समानुपातिकको सूचीबाट नाम हटाउन निवेदन

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य कुसुम महर्जनले प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएकी छन्।

रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारीका बीच उनले समानुपातिकको सूचीबाट नाम हटाउन निवेदन दिएकी हुन् । उनको निवेदनमाथि मंगलबार दिउँसो तीन बजे बस्ने सचिवालय बैठकमा छलफल हुँदैछ।

समानुपातिकको बन्द सूचीमा भएको व्यक्ति प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ। कुसुम सिद्धार्थ नगरपालिका–८ की स्थानीय बासिन्दा हुन्। उनीसँग गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव छ।

Skip This
Skip This
Logo