काठमाडौं। चिनियाँ अटोमोबाइल ब्राण्ड एक्स पेङले नेपालमा २ वटा मोडलको गाडी बिक्री गरिरहेको छ। एक्स पेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ जी ६ र एक्सपेङ ९ बिक्री गरिरहेको छ । विद्युतीय सवारीको तिब्र प्रतिस्पर्ध बढिरहेको बेला एक्स पेङले पनि आफ्नो व्यवसाय आक्रामक वृद्धि गरिरहेको छ ।
एक्सपेङले नेपालमा आफ्नो सञ्जाल विस्तार गरिरहेको छ। सिजी मोटर्सले काठमाडौंको थापाथलीमा आफ्नो प्रमुख शोरुम स्थापना गरिसकेको छ र चितवन तथा पोखरामा पनि आधिकारिक डिलरहरू नियुक्त गरी आफ्नो उपस्थितिलाई बढाएको छ।
कुन मोडलको विशेषता के ?
एक्सपेङ जी ६
कम्पनीले नाडा अटो शो २०२४ मा नेपाल भित्र्याएको एक्सपेङ जी ६ को मूल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ । जी-६ मा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । ‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-६ मा ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो । यसले ४८० किलोवाटसम्मको डीसी फास्टचार्जर सपोर्ट गर्छ ।
यसमा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ रडार, अल्ट्रासोनीक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको छ ।
एसयूभीको लम्बाइ ४७५३ एमएम, चौडाइ १९२० एमएम र उचाइ १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वील पनि १८ र २० इन्चको अप्सन दिइएको छ । एरोडाइनाकिक्सलाई ध्यानमा राखेर निर्माण भएको जी-सिक्सको ड्रयाग कोफिसीयन्ट ०.२४८ सीडी रहेको छ ।
बडिस्ट्रक्चरको फ्रन्ट र रियरमा आल्मुनियम कास्ट इलीमेन्टस्को प्रयोग भएकाले यो ईभी ८३ प्रतिशत बढि रिजीडीटी पाउन सकिन्छ । यसको क्याबिन क्लीन डिजाइनमा छ ।
टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम छन् ।
एक्सपेङ एक्स ९
एक्सपेङको लग्जरी एमपीभी गाडी हो । एक्सपेङले एक्स-नाइन एमपीभीलाई ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनाएको हो । त्यसैले यसले ३३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।
एक्सपेङको एक्स-नाइन एमपीभीको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम छ । हाइटेक फिचरले भरिपूर्ण एमपीभीमा लाइडार बिनाको हक आई एडास सिस्टम दिएको छ । यसमा जिरो ग्राभिटी सिट डिजाइन भएकोले लग्जरी यात्रा गर्न सकिन्छ ।
६ र ७ सिट क्षमताको बनाउन मिल्ने एमपीभीको पहिलो दुई रो सिटहरू १४ तरिकाले मिलाउन मिल्नेछ । हिटेड र भेन्टीलेटेडसँगै १६ पोइन्ट मसाज फङ्सन दिइएको एमपीभी यात्राको लागि उत्कृट रहेको छ । तेस्रो लायनमा रहेको सिटमा पनि हिटिङ सुविधा छ ।
यात्रुको आरामको लागि सस्पेन्सन सिस्टममा ‘सिक्स डी एआई एन्टी मोसन सिक्नेस’ उपलब्ध छ । यसमा अगाडि डबल विसबोन र रियरमा मल्टिलिङ्क इन्डिपेन्डेन्ड सस्पेनसन छ । यी दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम रहेको छ । जसले एक्स-नाइनको उचाइ ९० एमएमसम्म बढाउन सकिन्छ ।
यसको क्याबिनमा रियर प्यासेन्जरको लागि समेत सिलिङ माउण्टेड २१.४ इन्चको फोल्ड डाउन फिचर भएको थ्रीके रेजुलुसन डिस्प्ले दिएको छ । प्यानारोमिक सनरुफ, फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल पाउन सकिन्छ ।
नेपाल आएको एक्सपेङ एक्स-नाइनमा २३५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यसमा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसको डब्लूएलटीपी रेन्ज ४८० किलोमिटर छ ।
यसमा २३५ किलोवाटको मोटर भएकाले ६० प्रतिशत भन्सार शुल्क र ३५ प्रतिशत अन्तःशुल्क लाग्छ ।
भन्सार बिन्दुमै लाग्ने रोड डेभलपमेन्ट फण्ड बापतको रकम ५ प्रतिशत र १३ प्रतिशत भ्याट तिर्नुपर्छ । यसरी हेर्दा भन्सार पास हुँदा नै एक्स-नाइन एमपीभीको मूल्य १ लाख २५ हजार डलर हाराहारी परेको देखिन्छ ।





























प्रतिक्रिया