एनएमबि बैंकद्वारा गण्डकीको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

एनएमबि बैंकद्वारा गण्डकीको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई हजार लिटरको सोलार साथै सोलार बत्तीहरू हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दु कुमार थापाले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए । बैंकका संस्थापक सेयर धनीहरू राजेन्द्र कुमार बाटाजु, प्रा. डा. हरि पाठक, शालिकराम घिमिरे, विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यस अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष, रामजी अधिकारीले आफ्नो मन्तव्य राखेका थिए ।

बैंकको तर्फबाट संस्थापक सेयर धनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले एकमुष्ट रूपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका महासचिव सुशीला के. सी. (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo