काठमाडौं । आजदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को अवसरमा इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथी इकुटरले आकर्षक अफर ल्याएको छ ।
यस अफरअन्तर्गत सारथी इकुटरका दुई मोडल ई३ र विँगर मोडलको स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार नगद छुट पाउनेछन् । साथै एक वर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।
यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सकिनेछ ।
३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको ई३ दुवै स्कुटरमा २.८ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ, जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
कम्पनीले ई३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैयाँ मूल्य राखेको छ । यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।





























प्रतिक्रिया