काठमाडौं । भारतीय अटो कम्पनी महिन्द्राको विद्युतीय क्रान्तिमा आधारित नयाँ मोडेल बीई–६ अब नेपाली बजारमा प्रवेश गरेको छ ।
नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पाेरेटले आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा अत्याधुनिक डिजाइनसहितको इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो ।
विद्युतीय सवारीको भविष्यलाई लक्षित गर्दै निर्माण गरिएको महिन्द्रा बीई–६ दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले यसमा दुई फरक ब्याट्री अप्सन राखेको छ । ५९ किलोवाट आवर र ७९ किलोवाट आवर, यी दुवै भेरियन्टमा ९९ किलोवाट पिक पावर क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । जसले उर्जा प्रदर्शन र दिगोपनको उत्कृष्ट तालमेल प्रस्तुत गर्दछ ।
कम्पनीले हाल भन्सार प्रयोजनका लागि ५९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको प्रारम्भिक मूल्य ५७ लाखदेखि ६८ लाख रुपैयाँसम्म तोकेको छ । सिटी ड्राइभदेखि अफ–रोड यात्रासम्म सहज अनुभव दिन सक्ने क्षमता राख्ने यो एसयूभी आधुनिक प्रविधि, उन्नत सुरक्षात्मक फिचरहरू र बोल्ड डिजाइनले भरिपूर्ण देखिन्छ ।
महिन्द्राको बीई सिरिजलाई विशेषगरी नयाँ पुस्ताका विद्युतीय सवारी प्रयोगकर्तालाई लक्षित गरेर तयार गरिएको छ । स्टाइलिश लुक, इनोभेटिभ डिजाइन र दमदार पर्फर्मेन्ससहितको यो गाडी नेपालमा विद्युतीय एसयूभी सेग्मेन्टमा शक्तिशाली प्रतिस्पर्धीको रूपमा देखिएको छ ।
महिन्द्राको बीई–६ केवल सवारी साधन मात्र नभई स्मार्ट जीवनशैलीको नयाँ सुरु हुने कम्पनीले दाँबी गरेको छ । महिन्द्राको बीई–६को प्रवेशसँगै नेपाली सडकमा अब विद्युतीय यात्राको अनुभव अझ स्टाइलिश, शक्तिशाली र विश्वसनीय बन्ने विस्वास गरिएको छ ।































प्रतिक्रिया