काठमाडौं । जगदम्बा मोटर्सले दुई नयाँ इलेक्ट्रीक भ्यान सार्वजनिक गरेको छ । कम्पनीले बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पोमा फारिजोन ब्राण्ड १९ सिटे र चेरीवान्डा ब्राण्डको १४ सिटे इलेक्ट्रीक माइक्रोभ्यान नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीले फरिजोन-१९ सिटर भ्यानको मूल्य ७६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने चेरीवान्डाको मूल्य ५६ लाख ५ हजार रुपैयाँ तोकिएको छ ।
१७० किलोवाटको मोटर रहेको फरिजोन-१९ सिटर भ्यान सीएटीएलको ५३.५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसले एकपटको फुलचार्जमा ३०० किमी रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।
फारिजोन इलेक्ट्रीक भ्यानको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । सुरक्षाका लागि एयरब्याग, एबीएस, ईबीडी, हिल होल्ड, ३६० डिग्री क्यामेरा, एडास, एभास जस्ता फिचर छन् । कम्पनीले यसको ब्याट्रीमा ४ वर्ष वा ७ लाख किमी र मोटरमा ५ वर्ष वा २ लाख किमीको वारेन्टी दिएको छ ।
त्यस्तै, कम्पनीले चेरी वान्डाको १४ सिटे भ्यान पनि सार्वजनिक गरेको छ । कम्पनीले चेरीवान्डा ४ सिटे भ्यानमा ५३.५८ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ३०० किमी रेन्ज दिने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ ।
कम्पनीले चेरीवान्डा १४ सिटे भ्यानको ब्याट्रीमा ५ वर्ष वा ३ लाख किमी र मोटरमा ५ वर्ष वा २ लाख किमीको वारेन्टी दिएको छ ।





























प्रतिक्रिया