फक्सवागनका पावरफुल दुई मोडल वट्रस र टाईगुन नेपाली बजारमा

फक्सवागनका पावरफुल दुई मोडल वट्रस र टाईगुन नेपाली बजारमा

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । जर्मन अटोमोबाइल ब्रान्ड फक्सवागनले आफ्ना दुई नयाँ पावरफुल पेट्रोल कारहरू भर्टुस जीटी सेडान र टाइगुन एसयूभी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गरेको छ ।

नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले यी गाडीहरूलाई भृकुटीमण्डपमा आयोजित एक्सपोमा पहिलो पटक प्रदर्शन गरेको हो । जर्मन इन्जिनियरिङ र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी गाडीहरू नेपालको शहरी र ग्रामीण सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएका छन्, जसले उत्कृष्ट प्रदर्शन, सुरक्षा र आराम प्रदान गर्ने कम्पनीको दाबी छ ।

भर्टुस जीटी सेडान एक प्रिमियम सेडान हो, जुन स्टाइल, कम्फर्ट र उच्च प्रदर्शनको मिश्रण हो । यो गाडी नेपालको सडकमा लामो दूरीको यात्रा र शहरी ड्राइभिङका लागि उपयुक्त छ ।

यो गाडीमा १.५ लिटर टर्वोचाज्र्ड टीएसआई, १५०० सीसी, ४–सिलिन्डर इन्जिन, १५० हर्षपावर, २५० एनएम टर्क, ६–स्पिड म्यानुअल वा ७–स्पिड डीएसजी अटोमेटिक गियरबक्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, एन्टी–लक ब्रेकिङ सिस्टमको सुरक्षा, १८० एमएम ग्राउण्ड क्लियरेन्स, १०–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल र ग्लोबल एनक्यापमा ५–स्टारसुरक्षा रेटिङ पाएको भर्टुस जीटी सेडानले ड्राइभर र यात्रुहरूलाई सुरक्षित, आरामदायी र रोमाञ्चक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । कम्पनीले म्यानुअल भेरियन्टको मूल्य ८४ लाख र अटोमेटिक भेरियन्टको मूल्य ८९ लाख तोकेको छ ।

यसैगरी टाइगुन एसयूभी शहरी र अफरोड सडक दुवैका लागि डिजाइन गरिएको एक बलियो र स्टाइलिश गाडी हो । यो गाडीमा १.५ लिटर टर्वोचाज्र्ड टीएसआई, १५०० सीसी, ४–सिलिन्डर इन्जिन, १५० हर्षपावर (एचपी), २५० एनएमको टर्क, ६–स्पिड म्यानुअल वा ७–स्पिड डीएसजी अटोमेटिक गियरबक्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर पार्किङ क्यामेरा, १८८ एमएमको ग्राउण्ड क्लियरेन्स, ८–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल ककपिट, सनरुफ, पिरेली टायर र ग्लोबल एनक्यापमा ५–स्टार सुरक्षा रेटिङ पाएको छ ।

टाइगुनको बलियो च्यासिस र उच्च ग्राउण्ड क्लियरेन्सले नेपालको ग्रामीण र असमान सडकमा पनि सहज सवारी सुनिश्चित गरेको छ । यस गाडीको बेस भेरियन्टको मूल्य ५४.९० लाख र टप भेरियन्टको मूल्य ८९ लाख तोकिएको छ ।

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा फक्सवागनले यी गाडीहरूको प्रदर्शनसँगै विशेष छुट र आकर्षक अफरहरू प्रदान गरेको छ । इच्छुक ग्राहकहरूले एक्सपोमा गएर गाडीको टेस्ट ड्राइभ लिन, विस्तृत जानकारी प्राप्त गर्न र बुकिङ गर्न सक्नेछन् ।

यसै कार्यक्रममा विशेष अतिथिका रुपमा उत्पादकका तर्फबाट प्रतिनिधित्व गर्ने सेल्जि जोजेफ भन्छन्, “यी दुवै मोडल विशेष गरी भारतका बाटो तथा पेट्रोलको गुणस्तरलाई मध्यनजर गरि बनाएको हुनाले नेपालको बाटोमा पनि उपयुक्त हुने कुरामा विश्वस्त छौं । विक्री पश्चात्को पार्टस्को मूल्यहरु पनि अन्य भारतिय गाडीहरु बराबर रहेको हुनाले मर्मत संभार खर्च पनि धेरै कम हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।”

यस कार्यक्रममा बोल्दै आयातकर्ता पूजा ईन्टरनेशनलका सिईओ बिवेक विजुक्छे भन्छन्, “फक्सवागन पावरफुल ईन्जिनका साथ नेपाली बजारमा जर्मन ईन्जिनियरङ्गको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले वट्रस सेडान तथा टाईगुन एसयूभी का साथ आएको छ । विगतमा जस्तै ग्राहकहरुको अत्याधिक समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको छु ।”

Skip This
Skip This
Logo