काठमाडौं । भृकुटीमण्डमा बुधबारदेखि सुरु भएकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ २०२५ मा महिन्द्राका नयाँ ईभी बीई६ र एक्सईभी ९ई सार्वजनिक भएका छन् ।
महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले नेपाली बजारमा बीई६ को मूल्य ५७ लाख रुपैयाँ र एक्सईभी ९ईको मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ । भारतीय बजारमा निकै नै रुचाइएका यी दुवै मोडलमा ९९ किलोवाटको मोटर छ भने एक्सईभी ९ईको एउटा भेरिएन्टमा १९९ किलोवाटको मोटर छ ।
कम्पनीले सो दुवै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मको ब्याट्री प्याक उपलब्ध गराएको छ ।
नयाँ गाडीमा अटो पार्किङसहित ब्याट्रीमा लाइफटाइम वारेन्टी छ। अहिलेसम्म कुनै पनि ब्रान्डका गाडीको ब्याट्रीमा लाइफटाइम वारेन्टी छैन। गाडी किन्दा स्वामित्व परिवर्तन नगरेको खण्डमा ब्याट्रीमा लाइफटाइम वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा एलएफपी केमिस्ट्री भएको ब्याट्रीहरू छन् जसलाई अल्ट्रा फास्ट चार्जिङले सपोर्ट गर्छ । यसलाई १७५ किलोवाटको चार्जरको मद्दतले २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
एक्सईभी ९ई र बीई ६ को ५९ किलोवाट ब्याट्री प्याकले २३१ एचपीको पावर उत्पादन गर्छ र ७९ किलोवाट ब्याट्री प्याकले २८६ एचपीको पावर र ३८० एमएमको टर्क जेनेरेट गर्छ । यी दुवै एसयूभीहरू ६.७ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिन्छ। बीई ६ ले सिंगल चार्जमा ६८२ किलोमिटर र एक्सईभी ९ई ले सिंगल चार्जमा ६५६ किलोमिटर रेन्ज प्रदान गर्छ ।































प्रतिक्रिया