काठमाडौं । ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै सबैभन्दा बढी मासिक डेलिभरी ३६ हजार ७१७ युनिट पूरा गरेको घोषणा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशतको बृद्धि हो ।
यसले एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पु¥याएको छ, जसले नेपाली उपभोक्तालाई पनि अझ विश्वास दिलाएको छ कि टेस्टेट, ट्रस्टेड र हाई टेक ईभी ब्रान्ड हो ।
नेपालमा एक्सपेङ जी६ छिट्टै नै सहर केन्द्रित युवा व्यवसायी, ईभी रोज्ने परिवार, र लामो दूरी यात्रा गर्ने चालकहरूको मनपर्ने विकल्प बन्दै गएको छ । यसको स्मार्ट टेक्नोलोजी, आधुनिक डिजाइन, र सहज ड्राइभिङ अनुभवले नेपाली बजारमा प्रिमियम ईभीको परिभाषा नै परिवर्तन गरिरहेको छ ।
यद्यपि मोना र पी७प्लस नेपालमा उपलब्ध छैनन्, ती मोडेलको अन्तर्राष्ट्रिय सफलताले एक्सपेङ जी६मा पनि समान एरोडायनामिक डिजाइन, एआई पावर्ड, अपडेट, स्मार्ट पार्किङ, र को ड्राइभरजस्ता फिचरले विश्वास जगाउँछ।
विश्वभर ८ लाख भन्दा बढी एक्सपेङ गाडीहरू डेलिभर भइसकेका छन् र ३.५३ मिलियन टन कार्वनडाइअक्साइड उत्सर्जन घटाइसकेको तथ्यले एक्सपेङको दिगोपन प्रतिको प्रतिबद्धता र नेपालको सफा उर्जा को लक्ष्यसँग मिल्दो छ ।































प्रतिक्रिया