माईपोखरीदेखि बैंककसम्म इस्टु कार्की [तस्विरहरु]

माईपोखरीदेखि बैंककसम्म इस्टु कार्की [तस्विरहरु]

केन्द्रबिन्दु
75
Shares

काठमाडाैं । इस्टु कार्की, एक चर्चित नेपाली कन्टेन्ट क्रिएटर हुन् । टिकटक र इन्स्टाग्राममा हजाराैं फलोअर्स बटुलेकी इस्टु आफ्नो बोल्ड लुक्स र फरक शैलीका कारण प्रायः चर्चामा रहन्छिन्। खासगरी युवा पुस्तामा उनी निकै लोकप्रिय छिन्।

इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरीमा बोल्ड तस्विर खिचाएर एकाएक सबैकाे नजरमा परेकी उनी फेरि एकपटक सामाजिक संजालमा चर्चाकाे विषय बनेकी छन् । बैंककमा गरेकी पछिल्लो फोटोसुटमा उनी बोल्ड, आत्मविश्वासी र कम्फर्ट देखिएकी छन् ।

यो भाइरल फोटोमा इस्टुले स्विमसूट लगाएर पौडी पोखरीको छेउमा सुन्दर ढंगले पोज दिइरहेकी छिन् । पृष्ठभूमिमा ताडका रूखहरू र पोखरीसहितको शान्त वातावरण देखिन्छ जसले गर्मीयामको वातावरणमा रमाइलोपन थपेको छ । उनको यो फोटोसुटलाई प्रशंसकले रुचाएका छन् ।

Skip This
Skip This
Logo