काठमाडौं । पूर्व एडल्ट स्टार तथा चर्चित सेलिब्रिटी मिया खलिफाले फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनको जितसँगै एकै रातमा ठुलो धनराशि जित्न सफल भएकी छन्।
फाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेन विश्व विजेता बनेपछि खलिफाले रु १५ करोड ९२ लाख बराबरको रकम जितेकी हुन्।
अघिल्लो रात न्युयोर्क न्युजर्सी रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा उनी स्पेनिस टोलीको समर्थनमा रङ्गशालामै उपस्थित थिइन्। स्पेनिस युवा स्टार लामिने यामालको नाम अङ्कित बार्सिलोनाको जर्सी लगाएर पुगेकी उनले खेलमा स्पेनको पक्षमा ठुलो बाजी (बेट) लगाएकी थिइन्।
बेथिङ साइट १विनका अनुसार खलिफाले १.६५ को अड्समा १० लाख अमेरिकी डलर (करिब रु ९ करोड ६५ लाख) स्पेनको जितमा थापेकी थिइन्।
सेमिफाइनलदेखि नै अर्जेन्टिनाको विपक्षमा उत्रिएकी मिया खलिफाका लागि स्पेनका फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोल भाग्यशाली साबित भयो। टोरेसको १-० को गोलसँगै स्पेन १६ वर्षपछि पुनः विश्वकप च्याम्पियन बन्यो भने खलिफाले छोटो समयमै ठुलो रकम हात पारिन्।































