जगदम्बा मोटर्सले ल्यायाे १४ र १९ सिट क्षमताका इलेक्ट्रीक भ्यान, ब्याट्रीमा ५ वर्ष वारेन्टी

जगदम्बा मोटर्सले ल्यायाे १४ र १९ सिट क्षमताका इलेक्ट्रीक भ्यान, ब्याट्रीमा ५ वर्ष वारेन्टी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जगदम्बा मोटर्सले १४ र १९ सिट क्षमताका दुई नयाँ इलेक्ट्रीक भ्यान सार्वजनिक गरेको छ ।

बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएकाे नाइमा नेपाल मोबिलिटी एक्स्पोमा कम्पनीले जिली ग्रुप अन्तर्गतको फारिजोन ब्राण्डको १९ सिटे र चेरी अन्तर्गतको वान्डा ब्राण्डको १४ सिटे इलेक्ट्रीक भ्यान सार्वजनिक गरेको हो ।

कम्पनीले नेपाल ल्याएको फारिजोन भ्यानमा १७० किलोवाट क्षमताको मोटर र ८२.८८ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसले एकपटकको फुल चार्जमा ३०० किलाोमिर बढि रेन्द दिने दाबी गरिएको छ ।

यस भ्यानमा सुरक्षाका लागि एयरब्याग, एबीएस, ईबीडी, ३६० डिग्री क्यामेरा, एडास, एभास जस्ता फिचर छन् । कम्पनीले यसको ब्याट्रीमा ४ वर्ष वा ७ लाख किमी र मोटरमा ५ वर्ष वा २ लाख किमीको वारेन्टी दिएको छ ।

त्यस्तै, १४ सिटे भ्यानको मूल्य ५६.५ लाख रुपैयाँ तोकिएको छ । यस भ्यानमा ५३.५८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ३०० किमी रेन्ज दिने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको कम्पनीले जनाएकाे छ ।

चेरीवान्डा १४ सिटे भ्यानको ब्याट्रीमा ५ वर्ष वा ३ लाख किमी र मोटरमा ५ वर्ष वा २ लाख किमीको वारेन्टी पनि दिइएकाे छ ।

Logo