ग्राहकको मन जित्दै नेपाली ईभी बजारमा जम्न सफल ओमोडा

ग्राहकको मन जित्दै नेपाली ईभी बजारमा जम्न सफल ओमोडा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरीको सहायक ब्रान्ड ओमोडाका गाडीहरूको उपस्थिति नेपाली सडकमा बढ्दो छ । ओमोडाको आगमनले नेपालकाे विद्युतीय गाडीको बजारमा नयाँ उत्साह ल्याएको छ। यसले ग्राहकहरूलाई अन्य स्थापित ब्रान्डहरूको तुलनामा एउटा राम्रो विकल्प प्रदान गरेको छ। कम्पनीका अनुसार, ओमोडाले छोटो समयमै नेपालमा सयौं गाडीहरू बिक्री गरिसकेको छ, जसले नेपाली ग्राहकहरूमा यसको लोकप्रियता देखाउँछ।

हालै मात्र नेपालका लागि ओमोडा एण्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा प्रिमियम एसयूभी ‘जेइको जे५’ सार्वजनिक गरेको छ, जसले निकट भविष्यमा नेपाली ईभी बजारलाई झनै प्रतिस्पर्धात्मक बनाउने देखिन्छ । यो गाडी केवल सवारी होइन, हरित भविष्यतर्फको सोच, प्रविधि र प्रतिबद्धताको चलायमान रूपमा समेत स्थापित छ ।

मोडल र मूल्य

नेपालको विद्युतीय सवारी बजारमा अहिले सबैभन्दा बढी चर्चा बटुलिरहेको मोडल हो ओमोडा ई५ । चीनको चेरी अटोमोबाइल्स अन्तर्गत विकसित यो आधुनिक इलेक्ट्रिक क्रसओभर अहिले नेपाली ग्राहकबीच लोकप्रिय बन्न थालेको छ ।

ओमोडा ई५ विभिन्न भेरियन्टमा उपलब्ध छ र यसको मूल्य पनि त्यसअनुसार फरक–फरक छ । सुरुमा ल्याइएको डिएलएक्स संस्करण (सिंगल टोन) को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । जुन सुविधा र मूल्यको सन्तुलन खोज्ने ग्राहकका लागि उपयुक्त विकल्प हो ।

यस्तै, अझ आकर्षक सुविधा र डिजाइन समेटिएको एलयुएक्स भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ निार्धारण गरिएको छ । यदि तपाईंको रोजाइ स्टाइलमा अझ नयापन खोज्ने हो भने एलयुएक्स (ड्रुल टोन ) संस्करण पनि उपलब्ध छ । जसको मूल्य ६२ लाख ४९ हजार पर्छ । ओमोडा ई५ सँगै नेपाली सडकमा आधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगोपनको समिश्रण देख्न पाइन्छ ।

के छन् विशेषता ?

ओमोडा ई५ केवल एक इलेक्ट्रिक गाडी होइन, यो प्रविधि र सौन्दर्यको अद्भुत संयोजन हो । हाजसले भविष्यको सवारी आजको यात्रामा उपलब्ध गराउँछ । यसको मुटुमा रहेको छ ६१ किलोवाट आव क्षमताको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री प्याक, जसले एकपटकको चार्जमै ४३० किलोमिटरको दूरी तय गर्न सक्ने क्षमता राख्छ । त्यो पनि डब्लुएलटिपी मापदण्डअनुसार ।

यस गाडीले ९ देखि १०० किमी प्रतिघण्टाको गति केवल ९.२ सेकेन्डमा पार गर्छ । जुन यसको शक्तिशाली मोटर र परिष्कृत इन्जिनियरिङको प्रमाण हो । ८० किलो वाट डिसी फास्ट चार्जिङ प्रविधिको प्रयोगले यसलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट मात्रै लाग्छ ।

बाहिरी रूपले हेर्दा, ओमोडा ई५ ले “लाइट अफ मोभमेन्ट” नामको फ्युचरिस्टिक डिजाइन अवधारणालाई आत्मसात गरेको छ । यसको स्पोर्टी (एक्स) आकारको फ्रन्ट फेस र आकर्षक बडी लाइनहरूले हरेक कोणबाट ध्यान खिच्ने खालको उपस्थिति दिन्छ ।

५ सिट क्षमतासहितको प्रशस्त स्पेस, प्रिमियम इन्टेरियर र अत्याधुनिक सुविधा रहेको छ । २४.६ इन्चको घुमाउरो स्क्रिन, जसले इन्फोटेनमेन्ट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दुवै समेटेको छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा र ८ वटा सोनी स्पिकरद्वारा सुसज्जित अडियो सिस्टम पनि रहेको छ ।

यसमा फ्रन्ट डुअल एयरब्याग, फ्रन्ट साइड एयरब्याग र साइड कर्टेन एयरब्यागहरू छन्, जसले यात्रुहरूको समग्र सुरक्षालाई सुनिश्चित गर्छ । लेन डिपार्चर वार्निङले तपाईंलाई सही लेनमा रहन सतर्क गराउँछ । अटोनोमस इमर्जेन्सी ब्रेकिङले आपत्कालीन अवस्थामा तुरुन्त प्रतिक्रिया दिन सक्छ । एबिएस, ईबिडी र बिएएस प्रणालीले ब्रेकिङलाई सुरक्षित र सन्तुलित बनाउँछ। एडेप्टिभ क्रुज कन्ट्रोलले ट्राफिक र स्पिड नियन्त्रणलाई सजिलो बनाउँछ ।

यस गाडीको आयाम पनि नेपालका सडकहरूका लागि उपयुक्त छ । यसको लम्बाइ ४ हजार ४ सय २४ एमएम, चौडाइ १ हजार ८ सय ३० एमएम, उचाइ १ हजार ५ सय ५८ एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । जुन नेपालजस्तो भूगोलका लागि पर्याप्त हो । २ हजार ६ सय ३० एमएम को ह्विलबेसले गाडीलाई सन्तुलित र आरामदायक बनाउँछ ।

जेइको जे५

शहरी सडकदेखि अफरोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गरेको छ। रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता बेस्ट–इन–क्लास विशेषताहरूले यसलाई नेपाली उपभोक्ताहरूको लागि एक विशेष विकल्प बनाएको कम्पनीको दावी छ ।

नाइमा एक्सपो विशेष अफरअन्तर्गत, जेइको जे५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यद्यपि ग्राहकहरूले यसलाई हाल ५६ लाख ९९ हजार रुपैयाँमा बुकिङ गर्न सक्ने भएका छन् ।

ग्राहकको रोजाईमा किन ?

आकर्षक डिजाइन र आधुनिक लुक्स, लामो रेन्ज र भरपर्दो ब्याट्री, प्रिमियम फिचर्स र आरामदायी भित्री भाग, सुरक्षामा विशेष ध्यान, नेपालको बढ्दो इलेक्ट्रिक गाडी बजार, आकर्षक मूल्य निर्धारणका कारण ओमोडाका गाडीहरु ग्राहकको रोजाईमा पर्दै आएको छ ।

Logo