बिएडब्ल्यू ब्रम्बी ईभीः किफायती गाडी खोज्नेहरूको पहिलो रोजाईमा

बिएडब्ल्यू ब्रम्बी ईभीः किफायती गाडी खोज्नेहरूको पहिलो रोजाईमा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बेइजिङ अटोमोबाइल वर्क्स (बिएडब्ल्यू) एक चिनियाँ अटोमोटिभ निर्माता कम्पनी हो । यसले एसयूभी, अफ–रोड गाडीहरू, र हल्का कमर्सियल गाडीहरू उत्पादन गरिरहेको छ। बीएडब्ल्यूले इलेक्ट्रिक गाडीहरू पनि आफ्नो पोर्टफोलियोमा थपेको छ । नेपालमा एलआरआर मोटर्सले बीएडब्ल्यूको आधिकारिक वितरकको रूपमा काम गरिरहेको छ।

बीएडब्ल्यूले हाल नेपालमा बिएडब्ल्यू ब्रम्बी ईभी मोडलको बिक्रीवितरण गरिरहेको छ। नेपालमा गाडीको बिक्री सन् २०२४ मा सुरु भएको हो। गत वर्षको नाडा अटो शोमा यसको सार्वजनिक गरिएको थियो। बिएडब्ल्यू ब्रम्बी ईभी नेपालमा एक किफायती इलेक्ट्रिक सिटी कार अर्थात् सहरी यात्राको लागि उपयुक्त मानिन्छ।

के–के छन् विशेषता ?

यसमा १७.२८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसलाई पूर्ण चार्ज गर्दा १७० देखि २०५ किलोमिटर (एनईडीसी÷सिएलटीसी रेन्ज) सम्म गुडाउन सकिने कम्पनीले जनाएको छ।

गाडीमा ३० किलोवाट पीकपावर भएको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसको रेटेड पावर १५ किलोवाट छ। यसको आयामहरूमा ३५३२ मिमि लम्बाई, १४९८ मिमि चौडाई र १६०५ मिमि उचाई रहेका छन् । यसमा २२७५ मिमि लामो ह्वीलवेस पाउन सकिन्छ, जसले भित्री भागमा पर्याप्त ठाउँ प्रदान गर्छ। यो रियर ह्विल ड्राइभ गाडी हो, जसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा ड्रम ब्रेक दिइएको छ।

बिएडब्ल्यू ब्रम्बी ईभीको इन्टेरियर पनि आधुनिक सुविधाहरूले भरिपूर्ण छ। यसमा दुई कलरमा सजिएको इन्टेरियर, १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी, दुई ड्राइभ मोड (इको र स्पोर्ट), एसी, पार्किङ राडार, ३६० डिग्री क्यामेरा र हाइटेक सेफ्टी फङ्गसन जस्ता फिचरहरू रहेका छन्। सस्पेन्सनका लागि अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र पछाडि थ्री–लिङ्क नन–इन्डेपेन्डेन्ट सस्पेन्सन रहेको छ, जसले आरामदायी यात्रा सुनिश्चित गर्छ। यसलाई एसी चार्जर मार्फत मात्र चार्ज गर्न सकिन्छ र ब्याट्री तथा मोटरमा ६ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ।

मूल्य कति ?

बीएडब्ल्यू ब्रम्बी ईभीको मूल्य २३ लाख रुपैयाँ रहेको छ। अहिले यसले ३ लाख डिस्काउन्टसहित १९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीले एक वर्षको इन्स्योरेन्स समेत उपलब्ध गराउँदै आएको छ । पहिलो पटक इलेक्ट्रिक गाडी किन्ने ग्राहकहरू, कम लागतमा गाडी चलाउन चाहने व्यक्तिहरू र साना परिवार वा व्यक्तिगत प्रयोगका लागि उपयुक्त मानिन्छ। यसको कम्प्याक्ट आकार, प्रतिस्पर्धी मूल्य, राम्रो रेन्ज र आवश्यक सुविधाहरूले गर्दा यो नेपालको इलेक्ट्रिक गाडी बजारमा एक किफायती र व्यावहारिक विकल्पको रूपमा रहेको छ।

Logo