व्यापारिक प्रयोजनको लागि वेस्ट च्वाइस बन्दै फोटोन, नेपालीमा कुन-कुन मोडल उपलब्ध छन् ?

व्यापारिक प्रयोजनको लागि वेस्ट च्वाइस बन्दै फोटोन, नेपालीमा कुन-कुन मोडल उपलब्ध छन् ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । फोटोन एक चिनियाँ बहुराष्ट्रिय अटोमोबाइल कम्पनी हो । जसले मुख्यतः ट्रक, बस, व्यापारिक सवारीसाधन तथा विद्युतीय सवारीसाधन उत्पादन गर्छ । यो कम्पनी बिएआईसी समूहको सहायक कम्पनी हो र ऊर्जा – कुशल तथा वातावरणमैत्री सवारीसाधन निर्माणमा केन्द्रित रहँदै आएको छ ।

फोटोनको विश्वभर बलियो उपस्थिति रहेको छ, यसका उत्पादनहरू ७० भन्दा बढी देशहरूमा निर्यात हुन्छन् । यसका २२ वटा नक–डाउन (केडी) प्लान्टहरूले विभिन्न देशमा स्थानीय उत्पादन र रोजगारीमा योगदान पु-याइरहेको छ ।

कम्पनीको अनुसन्धान तथा विकास प्रयास बेइजिङको मुख्यालयसँगै जर्मनी र जापानका केन्द्रहरूबाट सञ्चालन हुन्छ, जहाँ ४० भन्दा बढी देशका इन्जिनियरहरूले आधुनिक प्रविधिको विकासमा काम गरिरहेका छन् ।

फोटोनले कमिन्स, डेम्लर र जेटएफ जस्ता विश्वप्रसिद्ध कम्पनीहरूसँग सहकार्य गर्दै उच्चस्तरीय इन्जिन, ट्रान्समिसन र अन्य प्रविधिहरू विकास गरिरहेको छ । नयाँ ऊर्जा सवारीसाधनको क्षेत्रमा पनि फोटोन अग्रणी एक अग्रनी कम्पनी हो । जसले ब्याट्री, मोटर र इलेक्ट्रोनिक नियन्त्रण प्रणालीमा आत्मनिर्भरता हासिल गरेको छ । यसका शुद्ध विद्युतीय ट्रकहरू युरोप, एसिया प्रशान्त र ल्याटिन अमेरिकी बजारहरूमा प्रवेश गरिसकेका छन् ।

विश्वव्यापी रुपमा फोटोनका ईभी मोडलहरु

फोटोनले विश्वव्यापी रूपमा विभिन्न प्रकारका विद्युतीय सवारीसाधनहरू उत्पादन गर्दै आएको छ, जसमा ट्रक, बस, भ्यान र पिकअप समावेश छन्। कम्पनीले ऊर्जा दक्षता र वातावरणमैत्री प्रविधिमा आधारित विद्युतीय मोडलहरू विश्व बजारमा उपलब्ध गराउँदै आएको छ ।

विद्युतीय ट्रकको रूपमा फोटोनले औमान इएसटी र औमार्क जस्ता मोडलहरू प्रस्तुत गरेको छ । शहर र बाहिर सामान ढुवानीका लागि उपयुक्त विकल्प प्रदान गर्छन् ।

त्यस्तै, इलेक्ट्रिक बसतर्फ एयुभी सिरिजका विभिन्न आकार र क्षमताका विद्युतीय बसहरू रहेका छन् । जुन सार्वजनिक यातायात र संस्थागत प्रयोगका लागि प्रयोग हुँदै आएका छन् । फोटोनले भ्यान सेग्मेन्टमा फोटोन ईभ्यु नामक प्यानेल भ्यान र माउन्टेन ईभी भ्यान जस्ता यात्रु भ्यानहरू पनि विकास गरेको छ । यसले सहरी क्षेत्रमा यात्रु तथा सामान ढुवानीका लागि उपयुक्त छन् । साथै, पिकअपको क्षेत्रमा टिए१ ईभी नामक मिनी इलेक्ट्रिक पिकअप बजारमा ल्याइएको छ ।

नेपालमा फोटोनको आगमन

नेपालमा फोटोनका विद्युतीय सवारीसाधनहरूको बिक्री सन् २०२३ को अन्त्यतिर वा २०२४ को सुरुतिर सुरु भएको हो । यद्यपि फोटोनका अन्य डिजेल तथा पेट्रोल इञ्जिनयुक्त सवारीसाधनहरू नेपालमा पहिलेबाट नै उपलब्ध थिए, ईभी मोडलहरूको सुरुआत विशेषगरी नाडा अटो शो २०२३ लन्च गरिएको थियो ।

फोटोन सवारीसाधनहरूको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्शियल भेहिकल्स प्राइभेट लिमिटेड हो । जसले कम्पनीका व्यावसायिक सवारीहरू विशेष गरेर विद्युतीय भ्यानहरू नेपाली बजारमा ल्याएको छ । हाल नेपालमा फोटोनले व्यापारिक प्रयोजनका लागि लक्षित गरी प्यासेन्जर भ्यान ईभी, ईभी हाई रुफ भ्यान, कार्गाे भ्यान ईभी, टिएमवान ईभी उपलब्ध रहेको छ ।

कुन फोटोन मोडलको कस्तो छ विशेषता ?

प्यासेन्जर भ्यान ईभी

२ हजार ७९० केजी कुल वजन क्षमताको यो सवारीसाधनले ९० किलोमिटर प्रति घण्टाको अधिकतम गति प्राप्त गर्न सक्छ । यसले अधिकतम २०प्रतिशत चढाइ ९५ किलोमिटर प्रतिघण्टा गतिमा) पार गर्नसक्ने क्षमता राख्दछ । एनईडीसी परीक्षण अनुसार यसको अधिकतम दायरा २८० किलोमिटर रहेको छ । यात्राको सुरक्षा सुनिश्चित गर्न यसमा ढोका नखुल्दा चेतावनी दिने सुविधा, प्लग नखुलेकामा अलार्म प्रणाली, रिभर्सिङ राडार, सबै ढोकाको लागि केन्द्रीय लक प्रणाली जस्ता प्रविधिहरू रहेका छन् ।

सवारीको आरामदायी अनुभवका लागि यसमा विद्युतीय एयर कन्डिसनिङ प्रणाली उपलब्ध छ । अगाडि पनि एयर कन्डिसनिङको सुविधा दिइएको छ। साथै, सवारी भित्रको आन्तरिक संरचना अत्यन्तै फराकिलो छ । उन्नत सस्पेन्सन प्रणालीले यात्रालाई थप सहज बनाएको छ । यसको बजार मूल्य ५६ लाख ९९ हजार रहेको यो गाडी सवारीसाधन सुरक्षाको सुनिश्चितता र यात्राको सहजतामा केन्द्रित छ ।

ईभी हाईरुफ भ्यान

सय किलोमिटर प्रतिघण्टाको उच्चतम गतिमा गुड्न सक्ने यो सवारीसाधनले २० प्रतिशत ग्रेडेबिलिटी पार गर्ने क्षमता राख्दछ । ० देखि ८० किलोमिटर प्रतिघण्टा पुग्न १४ सेकेन्ड मात्र लाग्छ । एनईडीसी मापदण्डअनुसार यसको दायरा २३५ किलोमिटर रहेको छ ।

प्रदर्शनका हिसाबले यसमा स्थायी चुम्बकीय समकालीन मोटर जडान गरिएको छ । जसले अधिकतम ८५ किलोवाट पावर र २९० एनएम टर्क उत्पादन गर्नसक्छ । यात्राको सुरक्षालाई ध्यानमा राख्दै यसमा ढोका नखुल्दा चेतावनी दिने प्रणाली, प्लग अनप्लग हुँदा अलार्म प्रणाली, रिभर्स राडार, तथा सबै ढोका केन्द्रीय लक प्रणाली जस्ता सुविधा उपलब्ध छन् ।

ब्रेक क्लियरेन्स आफै समायोजन हुने प्रणालीले ब्रेकिङ क्षमतामा सुधार ल्याउँछ । सुरक्षालाई अझ मजबुत बनाउन एबीएस र ईबीडी प्रविधि पनि यसमा समावेश गरिएको छ ।

मनोरञ्जनको लागि एमपी३, युएसबी, रेडियो, एमपी५ मल्टिमेडिया ब्लुटुथ, युएसबी, एयूएक्स, रिभर्स इमेज) जस्ता आधुनिक सुविधाहरू राखिएको छन् । १४ र १५ सिटर भेरियन्टमा उपलब्ध यो सवारीसाधनको ब्याट्री सिएटिल को लिथियम आइरन फस्फेट प्रविधिको हो । जसको क्षमता ५०.२३ किलोवाटघण्टा रहेको छ । यसको भोल्टेज ३३४.८८ भोल्ट र सवारीमा प्रयोग हुने सहायक प्रणालीको लागि १२ भोल्ट रहेको छ । त्यसैगरि ६० एम्पियर आवरको एक ब्याट्री प्रयोग गरिएको छ । ईभी हाईरुफ भ्यानको बजार मूल्य ५७ लाख ४९ हजार निर्धारण गरिएको छ । ग्राहकका लागि सुरक्षित यात्रा, आरामदायी र भरपर्दाे अनुभवका लागि यो एक उत्कृष्ट विकल्प सावित हुन सक्छ ।

कार्गाे भ्यान ईभी

२ हजार ७९० केजी कुल वजन क्षमताको यो सवारीसाधनले अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गति प्राप्त गर्न सक्छ । एनईडीसी मापदण्डअनुसार यसको अधिकतम दायरा २८० किलोमिटर रहेको छ । सुरक्षाका लागि यसमा ढोका नखुल्दा चेतावनी दिने प्रणाली, प्लग अनप्लग गर्दा अलार्म दिने उपकरण, रिभर्सिङ राडार र सबै ढोकामा केन्द्रीय लक प्रणाली जडान गरिएको छ ।

आराम र सुविधा पक्षमा फराकिलो भित्री संरचना, जलवायु नियन्त्रण प्रणाली, ध्वनि न्यूनीकरण, उन्नत सस्पेन्सन, विद्युतीय पावरट्रेन र आधुनिक इन्फोटेनमेन्ट प्रणाली उपलब्ध छन् । सवारीमा प्रयोग गरिएको ब्याट्री सीएटीएल कम्पनीको हो, जसको कुल क्षमता ५०.२३ किलोवाटघण्टा र भोल्टेज ३३४.८८ भोल्ट रहेको छ ।

मोटरसम्बन्धी विवरण उपलब्ध नभए तापनि यसमा ३९ किलोवाट रेटेड पावर र ८५ किलोवाट अधिकतम पावर उत्पादन गर्नसक्ने क्षमता रहेको छ । यस्तै, १३५ एनएमको रेटेड टर्क र २९० एनएमको अधिकतम टर्क दिनसक्ने प्रविधि प्रयोग गरिएको छ । सुरक्षा, सुविधा र प्रदर्शनको सन्तुलन मिलाइएको यस विद्युतीय सवारीसाधनको बजार मूल्य ४७ लाख ५० हजार निर्धारण गरिएको छ । नेपाली बजारमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो एक प्रतिस्पर्धात्मक विकल्प बन्ने अपेक्षा गरिएको छ ।

टिएम१ ईभी

कुल वजन २ हजार ५४० केजी रहेको यस विद्युतीय सवारीसाधनको चेसिस मात्रको तौल १ हजार २०० केजी रहेको छ । यसमा हजार ,४०० केजी सामान बोक्ने क्षमता छ भने कार्गाे बक्सको आकार पनि पर्याप्त रहेको छ । १५ सय २० मिमी चौडाइ भएको केबिन सिंगल रोमा उपलब्ध छ । जसले चालकका लागि आरामदायी स्थान सुनिश्चित गर्छ ।

सुरक्षाको पक्षमा ८१० मिमीको प्लेटफर्म उचाइ, ९० किलोमिटर प्रतिघण्टाको अधिकतम गति रहेको छ । एनईडीसी अनुसार २८० किलोमिटरको दायरा तय गर्नसक्ने क्षमता यस सवारीमा छ । आराम र सुविधाका लागि फराकिलो भित्री संरचना, ध्वनि न्यूनीकरण प्रविधि, इन्फोटेनमेन्ट सिस्टम र सुरक्षासम्बन्धी सुविधा जडान गरिएको छ । जसले सवारीलाई थप आधुनिक बनाएको छ ।

ब्याट्री पक्षमा एलएफपी प्रविधिमा आधारित ३८.६४ किलोवाटघण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ । यसमा ३० किलोवाट रेटेड पावर (३१८३ आरपीएममा) र ६० किलोवाट अधिकतम पावर (१०,००० आरपीएममा) उत्पादन हुने क्षमता छ । यस्तै, टर्कको हिसाबले ९० एनएम रेटेड टर्क र २२० एनएम अधिकतम टर्क उत्पादन गर्नसक्ने मोटर जडान गरिएको छ ।

नेपाली बजारमा विद्युतीय सवारीको माग बढिरहेका बेला ३३ लाख ९९ हजार मूल्यमा उपलब्ध यो सवारीसाधन व्यापारिक प्रयोजनका लागि उपयोगी र किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo