नेपाली बजारका लागि उपयुक्त एमजी ईभी

नेपाली बजारका लागि उपयुक्त एमजी ईभी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बेलायती मूलको अटोमोबाइल ब्रान्ड एमजीअन्तर्गत उत्पादन हुने विद्युतीय सवारीसाधन एमजी ईभीले विश्व बजारमा उल्लेखनीय प्रभाव जमाउँदै आएको छ । हाल चिनियाँ सरकारी स्वामित्वको मोटर निर्माता कम्पनी एसएआईसी मोटर कर्पाेरेशन लिमिटेडको स्वामित्वमा रहेको एमजी ब्रान्डले विश्वभर आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । एसएआईसी मोटरको मुख्यालय चीनको शाङ्घाईमा अवस्थित छ ।

एमजी ईभीले युरोप, एसिया, अस्ट्रेलिया तथा दक्षिण अमेरिकी बजारहरूमा प्रभुत्व जमाएको छ । यस गाडीको आकर्षक डिजाइन, पर्याप्त रेन्ज, अत्याधुनिक प्रविधियुक्त सुविधाहरू र प्रतिस्पर्धी मूल्यले गर्दा विश्वभरका उपभोक्ताहरूमा यसको लोकप्रियता बढ्दै गएको देखिन्छ । विशेषगरी, एसएआईसी मोटरले गरेको ठूलो मात्रामा लगानी तथा अनुसन्धान र विकासका प्रयासहरूले एमजी ईभीलाई छोटो समयमा विश्वसनीय र पहुँचयोग्य विद्युतीय गाडीको रूपमा स्थापित गराएको छ ।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालि हो । नेपालमा एमजीको, एमजी विन्डसर ईभी, एमजी एस५ ईभी, एमजी४ ईभी, कोमेट ईभी, गरी चार वटा मोडलहरु उपलब्ध रहेको छ ।

एमजी जेटएस ईभी

सबैभन्दा लोकप्रिय मोडल एमजी जेटएस ईभी कम्फर्ट र डिलक्स दुई संस्करणमा उपलब्ध छन् । कम्फर्ट र डिलक्स दुवैमा ५१ किलोवाट आवर ब्याट्री, करिब ३२० किमी डब्लुएलटिपी रेंज, ९९ किलोवाट मोटर, र २८० एनएम टर्क छन् ।

कम्फर्ट भेरियन्ट भेरियन्टमा १०.१ इन्फोटेन्मेन्ट सिस्टम, ७ डिजिटल क्लस्टर, र भेन्टिलेटेड सिटहरू रहेको छ । जबकी डिलक्समा थप रूपमा प्यानोरामिक सनरुफ, पावर टेलगेट, लेदर सिट, र एडिएएस (एईबी, लेन एसिस्ट, ब्लाइन्ड स्पोट डिटेक्सन ) जस्ता उन्नत सुरक्षा फिचरहरू दिइएका छन् । कम्फर्ट भेरियन्टको मूल्य ४८.४९ लाख र डिलक्स भेरियन्टको मूल्य ५२.९९ लाख निर्धारण गरिएको छ ।

एमजी ४ईभी

एमजी ४ईभीमा मा ५१ किलोवाट आवर ब्याट्री, १२५ किलोवाट मोटर र लगभग ३५० किमी रेंज छ । यो ह्याचब्याक मोडलले स्पोर्टी डिजाइन, आरडब्लुडी ड्राइभट्रेन, १०.२५ टचस्क्रिन, एमजी पाइलट एडिएएस र ५०ः ५० वेट डिस्ट्रिब्युसन जस्ता फिचर ररहेको छ । यसको मूल्य ४१.४९ लाख रहेको छ ।

एमजी विन्डसर ईभी

भारतमा निर्मित ‘एमजी विन्डसर ईभी’ ले व्यावहारिकता, सुविधा र प्रिमियम डिजाइनको रहेको छ ।

कम्पनीका अनुसार यो गाडी थप स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूका कारण पारिवारिक तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त विकल्प बनेको छ । विन्डसर ईभीमा १३५ डिग्रीसम्म रेक्लाइन हुने एरो–लाउन्ज सिटहरू, ६०४ लिटरको बुट स्पेस, १५.६ इन्चको ग्रान्डभ्यु टच डिस्प्ले, ६ स्पिकर साउन्ड सिस्टम र वारयलेस चार्जिङ सुविधा जस्ता उच्चस्तरीय प्रविधिहरू उपलब्ध छन् ।

यसको ३८ किलोवाट क्षमताको ब्याट्रीले ३३२ किमीसम्मको ड्राइभिङ रेंज प्रदान गर्नेछ भने १६८ मिमि ग्राउन्ड क्लियरेन्सले विभिन्न सडक अवस्थाहरूमा सहज यात्रा सुनिश्चित बनाएको छ । सुरक्षाको पक्षमा, यसमा छ वटा एयर ब्याग, आईपी ६७ रेटिङ र ३९ वटा कडा सेफ्टी रहेको छ । एमजीले गाडीको ब्याट्रीमा ८ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।

एमजी एस५ ईभी

एमजी एस५ ईभी मा ४९ देखि ६२.२ किलोवाट आवर क्षमताको ब्याट्री, ४२५ देखि ४४० किलोमिटरको ड्राइभिङ रेंज र १०० देखि १२५ किलोवाटको मोटर रहेको छ । यो मोडलमा फराकिलो इन्टेरियर, स्मार्ट सेफ्टी सिस्टम र अत्याधुनिक इन्फोटेन्मेन्ट प्रणाली समावेश भएको छ । यस गाडीमा डीसी फास्ट चार्जिङ सुविधा रहेको छ । जसले छोटो समयमा ब्याट्री चार्ज गर्न सकिन्छ । साथै, यसमा ८ वर्ष वा १.५ लाख किलोमिटरको ब्याट्री वारेन्टी रहेको छ ।

Logo