डेभिडको उत्कृष्ट प्रदर्शनमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हरायाे

डेभिडको उत्कृष्ट प्रदर्शनमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हरायाे

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । टिम डेभिडको विस्फोटक इनिङ्सको मद्दतले अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पहिलो टी-२० म्याचमा १७ रनले पराजित गरेको छ। यो जितसँगै अस्ट्रेलियाले आफ्नो लगातार नवौं टी-२० जित दर्ता गरेको छ।

डार्विनमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलिया कुनै समय एक समय ७५-६ को कमजोर अवस्थामा पुगेको थियाे । त्यसपछि डेभिडले उत्कृष्ट पारी खेलेर उद्धार गरेका थिए । उनले आफ्नो इनिङ्समा ८ छक्का र ४ चौका प्रहार गर्दै
५२ बलमा बनाएको ८३ रन जाेडे ।

बेन ड्वार्सुइसग मिलेर डेभिडले सातौं विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १७८ को सम्मानजनक स्कोरमा पुर्‍याएका थिए।

दक्षिण अफ्रिकाका बलर क्वेना माफाकाले २० रन खर्चेर ४ विकेट लिएका थिए।

जवाफमा दक्षिण अफ्रिकाको सुरुवात राम्रो हुन सकेन । कप्तान एडेन मार्कराम सस्तोमा आउट भए। रायन रिकेलटन (७१) र ट्रिस्टन स्टब्स (३७) को साझेदारीले टोलीलाई जितको आशा देखाए पनि अस्ट्रेलियाका बलरहरु, विशेषगरी जोश हेजलवुड (३-२७) र ड्वार्सुइस (३-२६) ले महत्वपूर्ण विकेट लिएर दक्षिण अफ्रिकाको ब्याटिङ लाइनअप ध्वस्त पारे।

ग्लेन म्याक्सवेलले अन्तिम ओभरमा रिकेलटनको उत्कृष्ट क्याच लिएपछि अस्ट्रेलियाले जित सुनिश्चित गर्‍यो।

अब सिरिजको दोस्रो म्याच मंगलबार डार्विनमै हुनेछ।

Skip This
Skip This
Logo