दुर्घटनामा ज्यान गुमाएकी श्रीमतीको शव जब अमितले बाइकमा बाँधेर लगे…

दुर्घटनामा ज्यान गुमाएकी श्रीमतीको शव जब अमितले बाइकमा बाँधेर लगे…

केन्द्रबिन्दु
915
Shares

भारत । महाराष्ट्रको नागपुरमा हालै एक हृदयविदारक घटना भएको छ, जसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। नागपुर-जबलपुर राष्ट्रिय राजमार्गमा भएको एक दुर्घटनामा आफ्नी श्रीमतीको मृत्यु भएपछि, सहयोगका लागि कसैले पनि साथ नदिएपछि एक व्यक्तिले श्रीमतीको शव मोटरसाइकलमा बाँधेर लगेका थिए।

यो घटना आइतबार रक्षा बन्धनको दिन दिउँसो करिब १२ बजे नागपुरको देओलापार प्रहरी चौकीअन्तर्गतको मोरफाटा इलाकामा भएको थियो। मध्य प्रदेशको सिवनी जिल्लाका अमित यादव र उनकी श्रीमती ग्यार्सी अमित यादव मोटरसाइकलमा यात्रा गरिरहेका थिए। त्यसैबेला तीव्र गतिमा आएको एक ट्रकले उनीहरुलाई ठक्कर दिँदा ग्यार्सीको घटनास्थलमै मृत्यु भएको थियो।

श्रीमतीको मृत्युपछि अमितले सहयोगका लागि निकै याचना गरे, तर राजमार्गमा हिँडिरहेका कसैले पनि उनलाई सहयोग गरेनन्। सहयोग पाउन नसकेपछि हताश भएका अमितले आफ्नी श्रीमतीको शवलाई मोटरसाइकलमा बाँधेर आफ्नो पुर्ख्यौली गाउँ मध्य प्रदेशतर्फ लैजाने निर्णय गरे।

यसै क्रममा एक प्रहरीले उनको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेपछि यो घटना सार्वजनिक भयो। भिडियोमा मृतकलाई मोटरसाइकलमा बाँधिएको देखिन्छ। केही मानिसहरूले उनलाई रोक्न खोजे पनि उनी रोक्न मानेनन्। पछि, राजमार्ग प्रहरीले उनलाई रोकेर महिलाको शवलाई पोस्टमार्टमका लागि नागपुरको मायो अस्पताल पठाएको थियो।

Logo