ठूल्दाजु (मातृकाप्रसाद कोइराला) काठमाडौंमा हुनुहुन्थ्यो । स्मिथ भन्ने वनसम्बन्धी सल्लाहकार (बेलायती नागरिक) कहाँ काम गर्नुहुन्थ्यो । त्यो बेला अङ्ग्रेजी जान्ने मानिस निकै कम थिए ठूल्दाजु दोभाषेको काम गर्नुहुन्थ्यो । मातृकाबाबुले पिताजीलाई चिठी लेख्नुभयो, ‘गिरिजालाई यहीँ पढ्न पठाइदिनुस् मसँगै बस्छ ।’
पिताजीले काठमाडौं जा भनिदिनुभयो । त्यो बेला विराटनगरबाट काठमाडौं आउँदा पनि अर्कै मुलुक आएजस्तो थियो । वीरगञ्जमा पासपोर्ट लिनु पर्ने त्यहाँ सुब्बा साहेब हुन्थे । उनी भुइँमा बोरा बिच्छ्याएर बस्थे । पासपोर्टमा दस्तखत गर्थे, छाप लगाउँथे । त्यसपछि भारतीय भूमि हुँदै रेलको यात्रा गर्नुपर्थ्याे । हामी दुई तीन जना पैदलै हिँडेर भीमफेदी आयौं गढीबाट काठमाडौं छिर्दा पासपोर्ट देखाउनुपथ्र्याे । एउटा सानो प्वाल भएको घर थियो । त्यहीँबाट पासपोर्ट छिराएपछि मुख देखा भन्थे । त्यहाँ कसैलाई पनि तपाईं भनेर सम्बोधन गरिँदैनथ्यो । सबैलाई तँ भनेर सम्बोधन गरिन्थ्यो । हामीलाई पनि त्यस्तै व्यवहार गरियो ।
त्यो बेला विराटनगरबाट काठमाडौं आउँदा पनि अर्कै मुलुक आएजस्तो थियो । वीरगञ्जमा पासपोर्ट लिनु पर्ने त्यहाँ सुब्बा साहेब हुन्थे । उनी भुइँमा बोरा बिच्छ्याएर बस्थे । पासपोर्टमा दस्तखत गर्थे, छाप लगाउँथे । त्यसपछि भारतीय भूमि हुँदै रेलको यात्रा गर्नुपर्थ्याे ।
कुलेखानी हुँदै हामी काठमाडौं पुग्यौं । ठूल्दाजुले हामीलाई लिन मान्छे पठाइदिनुभएको थियो । त्यो बेला उहाँ मैतीदेवीमा बस्नुहुन्थ्यो । काठमाडौं आएपछि म त्रिचन्द्र कलेजमा भर्ना भएँ । पिताजी पनि काठमाडांैमै हुनुहुन्थ्यो । पहिलो दिन म पाइजामा, कुर्ता, बण्डी र टोपी (इच्छा एन्ड कम्पनीको) लगाएर कलेज गएँ । इन्डियाबाट पास गरेर आएको हो भनेर साथीहरु (विद्यार्थीहरु) मलाई माया गर्थे त्यो बेला (वि. सं. १९९७) चारजना सहिद (धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ) को हत्या गरिएको थियो । टंकप्रसाद आचार्य जेलमा थिए । विद्यार्थीहरुमा त्यसको छाप परेको रहेछ ।
कलेज गएकै दिन शिक्षाका डाइरेक्टर मृगेन्द्रशमशेर आएर सोधे ‘तिम्रो नाम के हो ?’ मैले भनें, ‘गिरिजाप्रसाद कोइराला ।’ उनले सोधे, ‘कृष्णप्रसाद कोइरालाको को हो ?’ मैले छोरा भएको बताए । उनले भने, ‘यस्तो कपडा लगाएर आउने होइन । मयलपोस सुरुवाल लगाएर आउनुपर्छ र नेपाली टोपी नै लगाउनुपर्छ । ल जाऊ फर्क ।’ मलाई फर्काइदिए । भर्ना भएर क्याम्पसको बेन्चमा बस्न पाएको छैन निकालिदिए । घरमा गएर पिताजीलाई सबै बताए । पिताजीले ‘हुँदैन, त्यही कपडा लगाएर जानुपर्छ’ भनिदिनुभयो ।
भोलिपल्ट फेरि त्यही कपडा लगाएर गएँ । विद्याथी साथीहरु भने, गिरिजा तिमी ‘लुक’ भन्थे । उनीहरु नै डाइरेक्टर यो बाटोबाट यसरी आउँछन् भनेर अर्को कोठामा राखिदिन्थे । कतिपटक त डाइरेक्टरले नदेखून् भनेर मलाई उनीहरुले चर्पीभित्र राखिदिएका थिए । मृगेन्द्रशमशेर माथि गए वा फर्किए भने म आउँथे । केही दिनसम्म लुकाचोरी मात्र भइरह्यो ।
त्रिचन्द्र कलेजमा भर्ना भएर पढ्न थाले पनि मन चाहिँ पटक्कै लागेको थिएन । विराटनगरका भैरव अर्याल मसँगै पढ्थे । मन नलाग्दा पनि पढ्न बस्नुपरेको थियो । एक दिन कलेज बाहिर बाटोमा यसो हिँडिरहेका थियौं । रानीपोखरी नजिक महाराज ! भनेर कराएको आवाज सुनियो । राजा कताबाट आए ! भनेर हे-यौं । मानिसहरु लाइन लागेर बसेका थिए । बाटोको एक साइडमा मात्र लाइन थियो । अर्कोतिर पूरै खाली थियो । मानिसहरुले अब सवारी हुँदैछ भने पनि राजा देखिएनन् । एक साइडमा मात्र उभिनुपर्ने रहेछ । भैरवले भने ‘यता बस्दा चाकडी हुन्छ, अर्को साइडमा टुँडिखेलतिर बसौं न ।’
राजा कताबाट आए ! भनेर हे-यौं । मानिसहरु लाइन लागेर बसेका थिए । बाटोको एक साइडमा मात्र लाइन थियो । अर्कोतिर पूरै खाली थियो । मानिसहरुले अब सवारी हुँदैछ भने पनि राजा देखिएनन् ।
मानिसहरु रानीपोखरीतिर मात्र उभिएका थिए । हामीचाहिँ टुडिखेलतिरको खाली ठाउँमा उभियौं । मलाई त्यो बेलासम्म चाकडी भनेको के हो ? भन्ने समेत थाहा थिएन । शरीरमा तेल लगाएर मालिस गर्ने, आङ र खुट्टा मिच्ने काम नै चाकडी होला भन्ने ठान्थें । यस्तैमा एकैपटक बग्गी आयो र हामीलाई चमडाको (छालाको) कोर्राले हिर्कायो । बाफ रे बाफ ! यी त जुद्धशमशेर रहेछन् । हामीलाई लाग्न त लागेन तर थाहा भयो एक साइडमा बस्नुपर्ने अर्कोतर्फ बसेकाले यो चाबुक हानिएको थियो । मैले भनें, ‘भैरव यस्तोमा त आउन सकिन्न ।’ त्यो बेला राणाहरुलाई बाहुनले दुई हात जोडेर स्वस्ति गर्नुपर्ने, नेवारहरुले आफ्नै प्रकारले सम्मान दर्शाउनु पर्ने र क्षेत्रीहरुले सलाम गर्नुपर्ने चलन रहेछ । हामीलाई थाहा थिएन । त्यही कुरा थाहा नहुँदा झण्डै कुटाइ खानुपरेको ।
अर्को दिन पनि फेरि त्यही ठाउँमा थिएँ । मोटर सँगसँगै बग्गी पनि आयो । फेरि त्यसै गरी रिसायो, गाली ग¥यो र हान्न खोज्यो । दिक्क लागेर मैले ठूल्दाइलाई सबै कुरा बताएँ । उहाँले भन्नुभयो, ‘ल ल ! अब म सबै तरिका बताइदिन्छु ।’ उहाँले पूर्व, पश्चिम, उत्तर, दक्षिणका कमान्डर इन चिफहरुका मोटरको नम्बर (पूकज, पंकज, उकज, दकज) टिपाई दिनुभयो । अर्को दिन फेरि सरर्र गाडी आयो । नम्बर हेर्न नपाउँदै गैहाल्यो । अनि फेरि त्यस्तै गाली खाइहालियो । फेरी ठूल्दाइलाई भनें, ‘यो त भएन नम्बर हेर्न नपाउदै गाडी गैहाल्यो ।’ भैरवले भने, ‘गिरिजा ! यी सबै कुरा छोड । ठूल्दाइलाई भनेर केही हुँदैन । उहाँ आफै सर्भिसमा हुनुहुन्छ । के भइरहेको छ उहाँलाई के थाहा हुने ? हामी जुनसुकै गाडी आए पनि स्वस्ति गरिदिऊँ ।’ मैले पनि लौ त भनिदिएँ ।
भैरवले भने, ‘गिरिजा ! यी सबै कुरा छोड । ठूल्दाइलाई भनेर केही हुँदैन । उहाँ आफै सर्भिसमा हुनुहुन्छ । के भइरहेको छ उहाँलाई के थाहा हुने ? हामी जुनसुकै गाडी आए पनि स्वस्ति गरिदिऊँ ।’
एकदिन हामी त्रिचन्द्र क्याम्पसबाट निस्केर ओरालो लाग्दै थियौं । एउटा राम्रो गाडी आयो । हामी दुई जनाले बाटोमा बसेर स्वस्ति गर्यो । टाढा गएर त्यो गाडी रोकियो । भैरवले भने, ‘देख्यौ त ! चाकडी पुगेजस्तो छ । रोकिएको गाडीभित्रबाट कोही मानिसले हातको इसाराले हामीलाई बोलायो । ठूल्दाइले बोलाउनु भएको रहेछ । हामीलाई थाहै भएन । हामीले उहाँलाई देखेकै थिएनौं । फेरि ठूल्दाइले त्यति राम्रो गाडी कसरी पाएर चढ्नुभयो होला भन्ने लाग्यो । त्यो बेलायतीले ठूल्दाइलाई घर पु-याउन र ल्याउन दिएको मोटर रहेछ ।’ त्यस्तो के गरेको ?’ उहाँले सोध्नुभयो ।
मैले भने ‘के गर्ने अब ? हजुरले गाडीको नम्बर दिनुभयो तर नम्बर हेर्न नसकिने । कुन गाडी कसको भन्ने थाहा हुन नसकेर झण्डै कुटाइ खाएका थियौं । अनि अब जुन गाडी आए पनि स्वस्ति गरिदिने भनेर गाडी देख्ने बित्तिकै स्वस्ति गरिदिन थाल्यो ।’
उहाँले हामीलाई घर लिएर जानुभयो । अब काठमाडौंमा बस्न पटक्कै मन थिएन तर पिताजीले बस भन्नुभएको थियो । ठूल्दाइको पनि एउटा भाइ आफूसँगै बसोस् भन्ने चाहना थियो । त्यस्तैमा दशैं आयो । ठूल्दाइले भन्नुभयो, गिरिजा एउटा भेडा किनेर ल्याऊ । हिमाली जिल्लाहरुबाट दशैंका बेला भेडाहरु आउँथे । समयमा बिकेन भने भेडाको दाम कम हुन्थ्यो । त्यसैले कम दाम भएपछि भेडा किनेर लैजाने चलन त्यो बेलामा पनि थियो । सो समयमा एउटा भेडाको दाम एक वा दुई रुपैयाँसम्म पथ्र्यो ।
एउटा राम्रो गाडी आयो । हामी दुई जनाले बाटोमा बसेर स्वस्ति गर्यो । टाढा गएर त्यो गाडी रोकियो । भैरवले भने, ‘देख्यौ त ! चाकडी पुगेजस्तो छ । रोकिएको गाडीभित्रबाट कोही मानिसले हातको इसाराले हामीलाई बोलायो । ठूल्दाइले बोलाउनु भएको रहेछ ।
मैले पनि पर्खिएर कम मूल्य भएको बेला एउटा भेडा किनें । भेडाको जात कस्तो हुन्छ भने आफ्नो गुरुपबाट निस्कन मान्दै मान्दैन । तान्यो बसिदिन्छ बल्ल बल्ल तान्यो फेरि बसिदिन्छ । यस्तैमा त्रिचन्द्र क्याम्पसका मेरा दुई जना साथीहरु साइकलमा आइपुगे । भेडा किन्न होइन हेर्नका लागि । मलाई उनीहरुले के गर्न लागेको ? भनेर सोधे । मैले भेडा किनेको तर लैजान सकिरहेको छैन, गाह्रो भइरहेको छ भन्ने जवाफ दिएँ । उनीहरुले भेडालाई अगाडिबाट तान्न र पछाडिबाट धकेल्नका लागि मद्दत गरे । टुँडिखेलबाट त्यो भेडा मैतीदेवी पु-याउनु पर्ने थियो । तानेर बल्ल बल्ल अगाडि बाटोमा पु-याएपछि भने भेडा हिँड्न थाल्यो । त्यसपछि उनीहरुले भने ‘ल ! अब भेडा हिँड्न थाल्यो । तिमी जाऊ हामी फर्किन्छौं ।’ मैले भनें, ‘हैन घरसम्म पुयाउनुपर्छ । नत्र के थाहा बाटामा बसिदियो भने ?’ उनीहरु मलाई घरसम्म पु-याएर फर्किए । त्यसै बेलादेखि मैले कान समाएँ, जीवनमा अब म कहिल्यै भेडा किन्ने छैन भनेर ।
गणेशमानजीको एकजना नातेदार सुब्बा हुनुहुँदो रहेछ । उहाँको घरमा गएर भनें, ‘पिताजीले मलाई बोलाउनुभएको छ पासपोर्ट बनाइदिनु प-यो’ उहाँले, ‘ल ल बाबु ! म बनाइदिन्छु’ भनेर भन्नुभयो र बनाइदिनुभयो । त्यसपछि काठमाडौंबाट एउटा भरिया र सानो पोको लिएर म हिँडे ।
भेडाको जात त्यस्तो हुन्छ । त्यसपछि जाडो दिन आयो । ठूल्दाइ जङ्गल हेर्न जानुभयो । पिताजी विराटनगर जानुभएको थियो । केही दिन म एक्लै काठमाडौंमा बसें अनि मलाई अब भाग्नुपर्छ भन्ने लाग्यो । त्यो बेला काठमाडौंबाट विराटनगर वा कहीँ बाहिर जान त्यति सजिलो थिएन । पासपोर्ट लिनुपर्थ्याे । पासपोर्टमा सुब्बाकै हस्ताक्षर र छाप हुनुपथ्र्यो । कसलाई भन्ने होला चिनेको कोही छैन भन्ने लागेको थियो मलाई । गणेशमानजीको एकजना नातेदार सुब्बा हुनुहुँदो रहेछ । उहाँको घरमा गएर भनें, ‘पिताजीले मलाई बोलाउनुभएको छ पासपोर्ट बनाइदिनु प-यो’ उहाँले, ‘ल ल बाबु ! म बनाइदिन्छु’ भनेर भन्नुभयो र बनाइदिनुभयो । त्यसपछि काठमाडौंबाट एउटा भरिया र सानो पोको लिएर म हिँडे । भरियालाई ‘तिमी आउनू’ भनेर केही पैसा दिएँ । उसले ‘हुन्छ’ भन्यो । म हिँडे पछि कहीँ नरोकिएर सिधै भीमफेदी पुगें । त्यहाँ पुग्दासम्म भरिया आइपुग्दैन । भरियालाई एक छिन पर्खिएँ । त्यो बेला भिमफेदीसम्म ट्रक आउँथ्यो । अब हिँड्ने बेला भैसक्यो तर आफ्नो चाहिँ भरिया आइपुग्दैन । भरिया पर्खेर बसेको रहेछ ऊ टाढाबाट करायो । ऊ इमान्दार नै रहेछ मैले सामान ट्रकमा राखेर वीरगञ्ज पुगें । वीरगञ्जबाट रक्सौल हुँदै रेलबाट विराटनगरतिर लागें ।
(पत्रकार डा. जगत नेपालद्वारा लिखित तथा फाइन प्रिन्टद्धारा प्रकाशित संस्मरणात्मक पुस्तक ‘गिरिजाप्रसाद कोइरालाका आफ्नै कुरा’ को अंश)





























प्रतिक्रिया