काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा काठमाडाैंकाे भृकुटीमण्डपमा ६ दिन चलेकाे पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’ भव्य रुपमा सम्पन्न भएकाे छ ।
आइतबारसम्मलाई तय भएको मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजक नाइमाले एक दिन थपेर सोमबारसम्म प्रदर्शनी तय गरेको थियाे । मोविलिटी क्षेत्रमा नेपालकै ठूलो एक्स्पो दाबी गरिएको एक्स्पोमा अटाेप्रेमीहरुकाे घुइँचाे नै लागेकाे थियाे । एक्स्पो अवधिभर एक लाख बढीले अवलाेकन गरेकाे आयोजककाे दाबी छ ।
एक्स्पोमा सर्वसाधरणका साथै बरिष्ठ कलाकार, कुटनितिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगाएत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका थिए ।
५० भन्दा बढी ब्रान्डका सवारीसाधनहरू, आकर्षक छुट, र सडक सुरक्षा जस्ता महत्त्वपूर्ण छलफलहरूले यो एक्स्पोलाई नवप्रवर्तन र जागरूकताको उत्कृष्ट मञ्च बनाएको थियाे, एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, र व्यावसायिक सवारीसाधनका नयाँ मोडलहरू समावेश थिए, जहाँ दर्जनाैं नयाँ माेडलहरु लन्च भएका थिए ।
एक्स्पोमा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा माथिका गाडी तथा बाईकहरू प्रदर्शनीमा राखिएको थियो । विशेषगरी विद्युतीय सवारी ईभीले अवलोकनकर्ताको ध्यान तानेको थियाे । र बुकिङ पनि उत्साहपूर्ण भएकाे आयोजककाे दाबी छ ।































प्रतिक्रिया