टिकटकर आभा ढुंगानाले फिल्म ‘कश्यप’बाट डेब्यु गर्ने

टिकटकर आभा ढुंगानाले फिल्म ‘कश्यप’बाट डेब्यु गर्ने

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् । निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन-टेस्ट गरेरै फाइनल गरिएको हो।

आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्, जसले उनको भूमिकामा थप दमदार र यथार्थता परक बनाउने अपेक्षा गरिएको छ।

यसै फिल्ममार्फत बालकलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन्। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन्। उनको अभिनयले फिल्मलाई नयाँ आयाम दिने निर्माण पक्षको विश्वास छ।

आभा ढुंगाना भन्छिन् “फिल्मको कथा, गीत-संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ। मलाई विश्वास छ, ‘कश्यप’ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ।”

यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गरेर फष्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता र कौतुहलता बढाएको छ। एक्सन, प्रेम र म्युजिकल्ली रुपमा उत्कृष्टता दिदैं ‘कश्यप’ पुर्णरुपमा मनोरञ्जनात्मक फिल्म हुनेछ भने चाँडै नै फिल्मको छायाँकन थालनी हुने बताएको छ ।

Skip This
Skip This
Logo