राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशव कुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग प्रभावित नहुने बताएका छन् । "/>

भौतिक संरचनाको कारण साग प्रभावित नहुने

भौतिक संरचनाको कारण साग प्रभावित नहुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशव कुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग प्रभावित नहुने बताएका छन् ।

खेलकूद पत्रकार मञ्च कांंस्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माण लगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने बताएका छन् । पूर्वाधार र राज्यको राम्रो सहयोग नभएको अवस्थामा समेत प्याराग्लाइडिङका खेलाडीले एशियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उनको भनाइ छ ।

आगामी नोभेम्बरमा पोखरामा हुने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियन प्रतियोगिता अन्तर्गत सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न रु ३० लाख विनियोजन गरिएको सदस्य–सचिव विष्टले जानकारी दिए ।

उनले देशको गरिमासँग प्रत्यक्ष जोडिएको खेलकूदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन् । आगामी सागमा पोखरामा छ वटा खेल सञ्चालन गर्ने भनिए पनि प्याराग्लाइडिङ सहित सातवटा खेल सञ्चालनको सम्भावना रहेको सदस्य–सचिव विष्टको भनाइ छ ।

सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माणमा रु दुई अर्बभन्दा बढी लगानी भइसकेको र उक्त प्रतियोगितालाई लक्षित गरी पोखरामा रु एक अर्ब २९ करोडको लगानीमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको प्रक्रिया अघि बढेको उनले उल्लेख गरेका छन् ।

Skip This
Skip This
Logo