काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् ।
मंगलबार एक पत्रकार सम्मेलनका बीच म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बेसडरमा साम्बासँग तीन वर्षका लागि सम्झौता गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा उत्साहित रहेको आयोजकको भनाइ छ ।
नेपाल एपीएफ क्लबबाट खेल सुरु गरेकी साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसकेकी छन् । २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा १० खेलमा ३१ गोल गर्नु भएको थियो, जुन एउटा कीर्तिमान पनि हो । त्यसबाहेक साम्बाले इजरायलको होपोइल रानानाबाट पनि खेलिसकेका छन् ।
अब उनले छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नेछिन् ।
साे अवसरमा साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिइन्। उनले यसले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।
अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ । नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सीम्याक्सका शाखा रहेको छ ।































प्रतिक्रिया