काठमाडौं

ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल एक हजार धरौटीमा ६ दिनपछि रिहा भएका छन् । "/>

ग्रेटर नेपालका फणीन्द्र नेपाल ६ दिनपछि रिहा : एक हजार धरौटी बुझाए

ग्रेटर नेपालका फणीन्द्र नेपाल ६ दिनपछि रिहा : एक हजार धरौटी बुझाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल एक हजार धरौटीमा ६ दिनपछि रिहा भएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने आशंकामा पक्राउ परेका थिए ।

उनलाई गत बिहीबार चाबहिलस्थित आफ्नै घरबाट निस्कना साथ प्रहरीले पक्राउ गरेको थियो । नेपालले बिमस्टेक सम्मेलनका लागि नेपाल आउन लागेका मोदीलाई कालो झण्डा देखाउने योजना फेसबुकबाट पहिल्यै सार्वजनिक गरेका थिए । यसअघि पनि मोदीलाई कालो झण्डा देखाउने क्रममा उनी तीन पटक पक्राउ परिसकेका थिए ।

उनले भनेः ‘‘देश टुक्रयाउन सीके राउत जस्तालाई खुल्ला छोड्ने सरकारले देश जोड्न खोज्ने हामीलाई अपराधिको व्यवहार गरिरहेको छ ।’

सुगौली सन्धीपछि नेपालबाट खोसिएको भूमि भारतले फिर्ता दिनु पर्ने एजेन्डाका साथ अभियान चलाउँदै आएका नेपालले आफ्नो संगठनसँग सरकारले वार्ता गर्नुपर्ने माग राखेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo