व्यावसायिक क्षेत्रको रोजाई बन्दै गोल्डेन ड्रागनका इलेक्ट्रिक भ्यान, के छन् विशेषता ?

व्यावसायिक क्षेत्रको रोजाई बन्दै गोल्डेन ड्रागनका इलेक्ट्रिक भ्यान, के छन् विशेषता ?

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । हालैका दिनहरूमा नेपालमा विद्युतीय गाडीहरूको आयात बढ्दै जाँदा गोल्डेन ड्रागनका इलेक्ट्रिक भ्यानहरूले नेपाली बजारमा बलियो उपस्थिति जनाउँदै गएका छन‍् । विभिन्न देशहरूमा आफ्नो उत्पादन बिक्री गरिरहेको गोल्डेन ड्रागनले नेपालमा पनि विद्युतीय भ्यानहरू बिक्री गरिरहेको छ । नेपालमा गोल्डेन ड्रागनका इलेक्ट्रिक भ्यानहरू अर्क्स ग्रुप प्रालिमार्फत उपलब्ध छन्।

यी भ्यानहरू विशेषगरी विद्यालय, ट्राभल एजेन्सी, अस्पताल, कर्पोरेट कार्यालय र सार्वजनिक यातायातका लागि उपयुक्त मानिएका छन्। कम सञ्चालन खर्च र वातावरणीय लाभका कारण यी गाडीहरू लोकप्रिय हुँदै गएका छन्। नेपालमा यसको १४–सिटर, १५ सिटर र र १६–सिमेटरका विद्युतीय भ्यानहरू बिक्री भैरहेका छन्

गोल्डेन ड्रागन एक्सएमएल ६५३२

यो भ्यान १४ वा १५ सिट क्षमतामा उपलब्ध छ । १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुनेछ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ । ५० किलोवाटको शक्तिशाली एसी सिन्क्रोनस मोटरले गाडीलाई उच्च गतिको साथै उकालो बाटोमा पनि सहज प्रदर्शन गर्न मद्दत गर्छ। यसको अधिकतम गति १०० किलोमिटर प्रति घण्टाभन्दा बढी छ ।

यात्रुहरूको सुविधाका लागि अर्गोनोमिकल्ली डिजाइन गरिएका आरामदायक सिटहरू, पावर विन्डो (ड्राइभर र अगाडिको यात्रुका लागि) र इलेक्ट्रिक एडजस्टेबल साइड मिररहरू जडान गरिएका छन्। यसमा एन्टी–लक ब्रेकिङ सिस्टम र इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन जस्ता अत्याधुनिक ब्रेकिङ प्रणालीहरू उपलब्ध छन्। यसले आकस्मिक ब्रेक लगाउँदा पनि गाडीलाई नियन्त्रणमा राख्न र चिप्लिनबाट जोगाउन मद्दत गर्छ।

१९० मिमिको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएकाले यो भ्यान नेपालका विभिन्न प्रकारका सडकहरू, विशेषगरी कच्ची र अप्ठ्यारा बाटोहरूमा पनि सजिलै चल्न सक्छ। यसमा एलोय ह्वील, डिजिटल एलईडी ड्यासबोर्ड जसले गाडीको महत्वपूर्ण जानकारी देखाउँछ, र रियरभ्यु क्यामेरा जस्ता सुविधा पनि छन्। यसको मूल्य ५७ लाख रुपैयाँ रहेको छ ।

गोल्डेन ड्रागन एक्सएमएल ६५५९

धेरै यात्रुहरू बोक्नका लागि डिजाइन गरिएको यो १६ सिट क्षमताको भ्यानले पनि एक्सएमएल ६५३२ का धेरैजसो उन्नत सुविधाहरूलाई अँगालेको छ। यो १६ सिट क्षमताको ठूलो भ्यान हो, जुन सार्वजनिक यातायात रुट, ठूला विद्यालय वा पर्यटक सेवा कम्पनीहरूका लागि उपयोगी छ। एक्सएमएल ६५३२ जस्तै, यसमा पनि ३०० किलोमिटरको प्रभावकारी ड्राइभिङ रेन्ज छ, जसले लामो रुटहरूमा पनि निर्धक्क यात्रा गर्न सकिन्छ।

यसमा पनि एन्टी–लक ब्रेकिङ सिस्टम र इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन जस्ता अनिवार्य सुरक्षा प्रणालीहरू उपलब्ध छन्, जसले अत्यधिक भार बोकेको अवस्थामा पनि सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ। यसका अतिरिक्त, आगो निभाउने यन्त्र र सुरक्षा ह्याम्मर जस्ता आपत्कालीन उपकरणहरू पनि राखिएका छन्, जसले यात्रुहरूको सुरक्षालाई थप बलियो बनाउँछ।

यात्रुहरूको लागि आरामदायक सिटहरू छन्। साधारण स्लाइडिङ विन्डोहरूले भ्यानलाई बलियो र व्यवहारिक बनाउँछ। ड्यासबोर्डमा रहेको डिजिटल डिस्प्ले ले ड्राइभरलाई गाडीको गति, ब्याट्री चार्ज, र अन्य महत्त्वपूर्ण जानकारी सजिलै हेर्न मद्दत गर्छ। यसमा स्ट्यान्डर्ड एयर कन्डिसनर उपलब्ध छ, जसले गर्मीको समयमा पनि भित्रको तापक्रमलाई नियन्त्रणमा राखी यात्रालाई आरामदायी बनाउँछ।

इलेक्ट्रिक भ्यान भएकाले यी गाडीहरूको मर्मत खर्च डिजेल गाडीको तुलनामा निकै कम हुने कम्पनीको दाबी छ । इन्धन खर्च शून्य हुने भएकाले दीर्घकालीन सञ्चालन खर्चमा ठूलो बचत हुन्छ, जुन व्यावसायिक प्रयोगका लागि अति फाइदाजनक छ।

Logo