काठमाडौं । गुन्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङलाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा उनीलगायत युवाहरु पक्राउ परेका थिए । उनीहरूमाथि काठमाडौंको चक्रपथस्थित होटल साम्बालामा चक्रे मिलनको जन्मदिन मनाउँदा स्थानीयलाई त्रसित हुने गरी सडकमै सवारी साधान रोकेर आवतजावतमा अवरोध गरेको, गाडीमा हरेलु हतियार बोकेको र समूह बनाइ होहल्ला गरेकाे आरोप थियो।































प्रतिक्रिया