काठमाडाैं । सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा आगामी नाडा अटो शो २०२५ मा सार्वजनिक हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले सो ईभी पहिलोपटक नेपाली बजारमा भित्र्याउने भएकाे हाे ।
भारतमा गत फेब्रुअरीमा सम्पन्न अटो एक्सपोमा सो गाडी पहिलो पटक प्रदर्शन गरिएको थियो । ४९ किलोवाट आवर र ६१ किलोवाट आवर ब्याट्री प्याक अप्सनमा उपलब्ध हुने सो कारले एक पटकको फुल चार्जमा ५०० किलोमिटर भन्दा धेरै रेन्ज दिने दावी गरिएको छ ।
ई–भिटारामा डुअल स्क्रिन, पानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, पावर ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, स्लाइडिङ र रिक्लिनिङ रियर सिट तथा लेभल–२ एडीएएस छ ।
यसमा सिंगल–मोटर टु–ह्विल ड्राइभ कन्फिगरेसन र ७० किलोवाट डिसी फास्ट चार्जिङ सपोर्ट हुनेछ । सो गाडीमा अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल ह्विल ड्राइभ भर्सनका लागि ‘ट्रेल’ सहित ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, सिंगल जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र कर्टेन एयरब्याग, हिटेड मिरर र एडास जस्ता सेफ्टी फिचर रहेकाे कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया