आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।

बिहीबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Skip This
Skip This
Logo