याडिया स्कुटरको मूल्य एकैपटक ४० हजारले घट्यो, अब कति पर्छ ?

याडिया स्कुटरको मूल्य एकैपटक ४० हजारले घट्यो, अब कति पर्छ ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । चर्चित इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले नेपालमा आफ्नो भेलाक्स मोडलमा मूल्य घटाउने अफर ल्याएकाे छ ।

नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भेलाक्स स्कुटरमा ४० हजार रुपैयाँ मूल्य घटाएकाे हाे । पहिले मूल्य २ लाख ८५ हजार रुपैयाँ ताेकिएकाे याे भेलाक्स अब २ लाख ४५ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ । यो अफर याडियाको विश्वव्यापी उपलब्धि र ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सवको अवसरमा ल्याइएको हो ।

याे अफर सीमित स्टकका लागि मात्र लागू हुनेछ ।

भेलाक्समा ३,२०० वाट मोटर र १७२ एनएम टर्क रहेको छ जसले ६२ किमी प्रतिघण्टा सम्मको उच्चतम गति प्रदान गर्छ। एक पटक चार्ज गर्दा यसले १०० किमी सम्म यात्रा गर्न सक्छ । ३० एएच र ७२ भोल्ट एलएफपी ब्याट्रीले सुरक्षा, थर्मल स्थिरता र लामो जीवनचक्र सुनिश्चित गर्छ ।

भेलाक्सका विशेषताहरूमा सजिलो पार्किङका लागि रिभर्स मोड, लामो यात्राका लागि क्रुज कन्ट्रोल, फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ सीबीएस र १७० एमएम ग्राउन्ड क्लियरेन्स समावेश छन् । याडियाले भेलाक्समा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष वा ५० हजार किमी वारेन्टी प्रदान गर्दै लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गरेको छ।

Logo