काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन भइरहेका केही संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनका लागि दर्ता भएका निवेदनमा सरोकारवालाबाट दाबी वा विरोध गर्न आह्वान गरेको छ ।
महानगरको शिक्षा विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्ति वा संस्थालाई ३५ दिनभित्र प्रमाणसहित लिखित दाबी वा विरोध पेस गर्न अनुरोध गरेको हो । महानगरका अनुसार तोकिएको समयभित्र कुनै दाबी–विरोध नआएमा निवेदकको मागअनुसार प्रक्रिया अघि बढाइनेछ । तर यसलाई परिवर्तनको अन्तिम स्वीकृति नभएको समेत स्पष्ट गरिएको छ ।
नाम परिवर्तनका लागि निवेदन दिएका विद्यालयहरूः
एज्जल बोर्डिङ स्कुल (का.म.न.पा.–२९) → स्टेप वाई स्टेप स्कुल काठमाडौं
वेष्ट मन्टेसरी इन्टरनेशनल स्कुल (का.म.न.पा.–१४) → अविन स्कुल काठमाडौं
विद्याकुञ्ज कलेज (का.म.न.पा –१०) → चैतन्य संस्कार शिक्षालय
सगरमाथा मल्टिपल कलेज (का.म.न.पा. –२९) → सगरमाथा कलेज
स्थान परिवर्तनका लागि निवेदन दिने विद्यालयहरू
एज्जल बोर्डिङ स्कुल स् भोटेबहाल (का.म.न.पा.–२९) बाट मध्य बानेश्वर
(का.म.न.पा.–१०)
कृत एकेडेमीः बालाजु (का.म.न.पा.–१६) बाट बसुन्धारा (का.म.न.पा.–०३)
स्वामित्व परिवर्तन हुने विद्यालयहरूः
एज्जल बोर्डिङ स्कुलः २ पुराना स्वामित्वधनीबाट २ नयाँ स्वामित्वधनीमा हस्तान्तरण
वेष्ट मन्टेसरी इन्टरनेशनल स्कुलः ३ पुराना स्वामित्वधनीबाट १० जनाको नयाँ समूहमा हस्तान्तरण ।
विद्याकुञ्ज कलेजः २ पुराना स्वामित्वधनीबाट ७ जनाको नयाँ समूहमा हस्तान्तरण
महानगरले यस सम्बन्धमा सरोकारवालाले तोकिएको अवधिभित्र लिखित रूपमा प्रतिक्रिया दिन सकिने जनाएको छ ।





























प्रतिक्रिया