यात्रुवाहक सवारीको लागि उत्कृष्ट विकल्प बन्दै जोयलङ्ग ईभी, यी हुन् नेपालमा उपलब्ध मोडल

यात्रुवाहक सवारीको लागि उत्कृष्ट विकल्प बन्दै जोयलङ्ग ईभी, यी हुन् नेपालमा उपलब्ध मोडल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । चीनको जोयलङ्ग अटोमोबाइल कम्पनीले उत्पादन गरेका विद्युतीय गाडीहरू नेपाली बजारमा पनि लोकप्रिय बन्दै गएको छ । व्यावसायिक प्रयोजनका लागि केन्द्रित यस कम्पनीका गाडीहरू खासगरी विद्युतीय भ्यानको रूपमा सन् २०२० देखि नेपालमा भित्रिन थालेका हुन् । यी गाडीको नेपालमा आधिकारिक वितरक भिजी मोटर्स हो ।

नेपालमा उपलब्ध जोयलङ्गका गाडीहरू मुख्यतया दुई भेरियन्टमा देखिएका छन् । यात्रुवाहक र कार्गाे प्रयोजनका लागि, यी दुवै मोडल विद्युतीय प्रणालीमा आधारित छन् र दिगो तथा वातावरणमैत्री यातायातका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत भएका छन् ।

यात्रुवाहक भ्यानहरू सहरका लागि उपयुक्त सुविधा र आराम दिने गरी डिजाइन गरिएका छन् भने कार्गाे मोडलले सामान ढुवानीका लागि भरपर्दाे सेवाको प्रत्याभूति दिन्छ ।

नेपालमा बढ्दो वातावरणीय सचेतनासँगै विद्युतीय सवारी साधनप्रति आकर्षण बढिरहेको बेला जोयलङ्ग जस्ता विश्वसनीय ब्रान्डहरूले बजारमा विश्वसनीय विकल्प थपिरहेका छन् । ग्रीन मोबिलिटीको लक्ष्यतर्फ अघि बढिरहेको नेपालका लागि जोयलङ्गका भ्यानहरू एउटा सही र स्मार्ट रोजाइ बन्न थालेका छन् ।

मोडलहरु

नेपालमा जोयलङ्गका तीन वटा मोडलहरु रहेका छन् । जोयलङ्ग ईए४, जोयलङ्ग ईए५ र जोयलङ्ग ईए६ का मोडलहरु उपलब्ध छ ।

जोयलङ्ग ईए४

यो भ्यान अधिकतम ६ जना सवारीका लागि उपयुक्त सिट क्षमतासहित डिजाइन गरिएको छ, जसले व्यवसायिक र सार्वजनिक यातायातका आवश्यकताहरूलाई सजिलै सम्बोधन गर्न सक्छ । यसमा ६०.१ किलोवाट घण्टा वा ८६.१ किलोवाट घण्टाको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ । एनईडीसी मापदण्डअनुसार यसको अधिकतम दायरा ३ सय देखि ४ सय किलोमिटरसम्म रहेको छ । जसले यसलाई दैनिक उपयोग र मध्यम दूरीका यात्रा दुवैका लागि उपयुक्त बनाउँछ ।

गाडीमा १ सय किलोवाटदेखि १२० किलोवाट क्षमतासम्मको इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले ३२० न्यूटन मिटरदेखि ३८२ न्यूटन मिटर टर्क उत्पादन गर्न सक्षम छ । यसले गाडीलाई शक्तिशाली बनाउँदै उकालो तथा भारबहन क्षमतामा पनि उत्कृष्ट प्रदर्शन गर्न मद्दत पु-याउँछ ।

चार्जिङको हिसाबले एसी चार्जरमार्फत यो भ्यानलाई ० देखि १३ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ । यस्तै, डीसी फास्ट चार्जर प्रयोग गर्दा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ४० मिनेटदेखि १ घण्टासम्मको समय लाग्छ ।

सुरक्षाका दृष्टिले समेत यो गाडी उच्च स्तरको सुविधा समेटिएको छ । रियर पार्किङ सेन्सर, एबीएस (एन्टि–लक ब्रेकिङ सिस्टम), ईबीडी (इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन) तथा सबै ढोकाहरूमा केन्द्रिय लक प्रणालीजस्ता प्रविधिहरू यसमा उपलब्ध छन् ।

यात्रुलाई थप सुविधा दिनका लागि यसमा इलेक्ट्रिक एयर कन्डिसनिङ, इलेक्ट्रिक हाइड्रो पावर स्टेयरिङ प्रणाली, साथै फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक सिस्टम प्रयोग गरिएको छ । यो गाडीको मूल्य नेपाली बजारमा ५६ लाख रुपैयाँ तोकिएको छ ।

जोयलङ्ग ईए५

चीनको जोयलङ्ग अटोमोबाइल कम्पनीले निर्माण गरेको यात्रुवाहक विद्युतीय मिनी – भ्यान जोयलङ्ग ईए५ नेपाली बजारमा उपलब्ध भएको छ । मध्यम दूरीको यात्रा तथा व्यवसायिक प्रयोजनका लागि उपयुक्त मानिएको यो मोडलले १७ जना यात्रुहरू सहज रूपमा बोक्न सक्ने सिट क्षमतासहित डिजाइन गरिएको छ ।

यस विद्युतीय भ्यानमा ६०.१ किलोवाट घण्टाको लिथियम ब्याट्री जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा करिब ३ सय किलोमिटरको दूरी तय गर्न सक्ने क्षमता राख्छ । १ सय किलोवाटको शक्तिशाली मोटर जडान गरिएको यस मोडलले नेपालका पहाडी तथा उकालो भू–बनोटमा समेत सहज सञ्चालन सुनिश्चित गर्छ ।

डीसी फास्ट चार्जरमार्फत यो भ्यानलाई झण्डै २ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ । साथै, यसमा एबीएस (एन्टि–लक ब्रेकिङ सिस्टम), ईबीडी (इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन) जस्ता अत्याधुनिक सुरक्षा प्रविधिहरू जडान गरिएको छ ।

यात्रुहरूका लागि पर्याप्त भित्री स्पेस प्रदान गर्नेगरी बनाइएको यो मोडल लामो दूरीको यात्रा, टुरिजम, स्कूल वा अफिस सर्भिसका लागि समेत उपयुक्त मानिएको छ । यसको मूल्य ६२ लाख रुपैयाँ रहेको छ ।

जोयलङ्ग ईए६

नेपाली बजारमा उपलब्ध जोयलङ्ग ईए६ मोडल कम्पनीको विद्युतीय भ्यानहरूमध्ये सबैभन्दा ठूलो सिट क्षमतासहितको भ्यान हाे । यसले एकैपटक २० जना यात्रुहरूलाई सहज रूपमा ओसारपसार गर्न सक्ने क्षमता रहेको छ । यो आधुनिक भ्यानमा ८६.१ किलोवाट घण्टाको ठूलो लिथियम ब्याट्री जडान गरिएको छ । जसले पूर्ण चार्जमा ४ सय किलोमिटरसम्मको दूरी तय गर्न सक्ने क्षमता राख्छ । १२० किलोवाट क्षमताको शक्तिशाली मोटरले यसलाई उकालो तथा ग्रामीण भू–भागमा समेत सहज रूपमा सञ्चालन गर्न सक्ने बनाएको छ ।

डीसी फास्ट चार्जर प्रयोग गरेर छोटो समयमा चार्ज गर्न सकिने भएकाले यसले सञ्चालनमा समय र ऊर्जा दुवैको बचत गर्छ ।

जोयलङ्ग ईए६ मा ईए५ मा रहेका सबै सुरक्षा र आरामका सुविधाहरू जस्तै एबिएस, ईबिडी , सेन्ट्रल लकिङ सिस्टम, र पर्याप्त भित्री स्पेस उपलब्ध छन् । विशेष रूपमा उच्च सिट क्षमता र लामो दायराका कारण यो भ्यान टुरिज्म, स्कुल सर्भिस, कर्मचारी ओसारपसार वा लामा दूरीका सार्वजनिक यातायात सेवाका लागि उत्कृष्ट विकल्प बन्ने गरेको छ । यो मोडलको बजार मूल्य ७२ लाख निर्धारण गरिएको छ ।

Skip This
Skip This
Logo