काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय सरकारका मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौतामा हस्ताक्षर हुने भएकाे छ ।
सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्रीसँग उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्न लागेका हुन् ।
सम्झौतापत्रमा कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा, हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा नतिजा सूचक, भार, इकाइ, आर्थिक वर्ष २०८१/८२ को समग्र स्थिति र आर्थिक वर्ष २०८२/८३ को लक्ष्य निर्धारण गरिएको हुन्छ ।
गतवर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो । यसवर्ष झन्डै एक महिना अगाडि सम्झौता हुन लागेकाले वर्षभरि गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने बताइएकाे छ ।





























प्रतिक्रिया