विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संकटमा आशाको किरण बनेका उपकुलपति प्रा. डा. विक्रम श्रेष्ठ

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संकटमा आशाको किरण बनेका उपकुलपति प्रा. डा. विक्रम श्रेष्ठ

केन्द्रबिन्दु
222
Shares

काठमाडौं । पछिल्लोसमय विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समस्याको चाङ लागेकाे छ । बेतिथी मौलाएको छ, अनियमितताको जालो झाँगिँदै गएको छ । कुनै समय प्रशंसाको भागेदार बनेको प्रतिष्ठानमाथि आलोचनाको ओइरो लाग्ने गरेको छ । यस्तो अवस्थामा प्रतिष्ठानको उपकुलपतिको रुपमा हाडजोर्नी विशेषज्ञ प्रा. डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन् । उनलाई प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उनको नियुक्तिसँगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खस्कँदै गएको साख जोगिने विश्वास गरिएको छ । प्रतिष्ठानको गरिमा जोगाउने र बेतिथीको अन्त्य गर्ने दृढ संकल्प र विश्वास बोकेर उपकुलपतिलाई एकातिर प्रतिष्ठान सुधार्ने अवसर छ भने अर्काेतिर चुनौतीका अग्ला पहाडहरुले उनको यात्रालाई सहज बनाउने भने देखिँदैन ।

तथापी उनको नियुक्तिसँगै प्रतिष्ठानले एक इमान्दार, स्पष्ट वक्ता र कुशल नेतृत्व पाएको छ । उनको नेतृत्व गर्ने क्षमताले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुहार पक्कै पनि फेरिनेछ भन्नेमा कुनै शंका छैन ।

श्रेष्ठ सन् २००१ म प्रतिष्ठानमा प्रवेश गरेका थिए । हाडजोर्नी विशेषज्ञको रुपमा प्रवेश गरेका उनि २५ वर्ष देखि नै सेवामा अनवरत रुपमा लागेका छन् । उनीसँग लामो प्राज्ञिक अनुभव, अनुसन्धानमा विशिष्ट योगदान र प्रशासनिक दक्षताका आधार छ ।

चिकित्सा क्षेत्रमा लाेकप्रिय प्रा.डा. श्रेष्ठ

प्रा.डा. श्रेष्ठले ३२ वर्ष अगाडि स्थापना भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नजिकबाट नियालेका छन् । त्यहाँको समस्या, जनताले पाउनुपर्ने स्वास्थ्य सेवा, चिकित्सा क्षेत्रका विद्यार्थीलाई कसरी गुणस्तरीय शिक्षा प्रदान सकिन्छ भन्ने विषयलाई बुझेका प्रा.डा. श्रेष्ठलाई उपकुलपतिको रुपका पाउनु प्रतिष्ठान, धरानबासी, समग्र चिकित्सा क्षेत्रकै लागि एक उत्साह र आसाको रुपमा लिइएको छ ।

पाकिस्तानबाट एमबिबिएस अध्ययन पूरा गरी श्रेष्ठले डिल्लीको एम्सबाट एमडी गरेका हुन् । एम्सबाट हाडजोर्नी विशेषज्ञता हासिल गरेका श्रेष्ठ राम्रो सेवा सुविधा सहित भारत वा अन्य देशमा राम्रो अवसर पाउन सक्थे । तर आफ्नै देशमा सेव गर्नुपर्छ भन्ने भाव बोकेका उनी नेपाल फर्किए र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा सुरु गरे ।

उनकाे नेतृत्व र सेवा भावना प्रतिष्ठानमा मात्र होइन चिकित्सा क्षेत्रमै लाेकप्रिय छ । चिकित्सा सेवामा प्रवेश गरेका उनीसँग प्रतिष्ठानको प्राध्यापक, परीक्षा डिन र रेक्टर सम्मको अनुभव रहेको छ । उनको क्षमता कति छ भनेर उक्त पदको जिम्मेवारी पूरा गरेर पुष्टी गरिसकेका छन् ।

यसैगरी परीक्षा डीनको रूपमा उनले प्रतिष्ठानको परीक्षा प्रणालीमा अनुशासन, पारदर्शिता र विश्वास फर्काउने काम गरे । रेक्टरको जिम्मेवारी सम्हालेको बेला कार्यकालमा ठप्प प्राय भएको एकेडेमिक गतिविधिहरू पुनः सक्रिय गर्ने काम गरे । अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान प्रकाशित गर्ने रोकिएको कामलाई पुनः सुचारु गरे, जसले विद्यार्थी तथा शिक्षकको मनोबल बढ्यो ।

सामाजिक कार्यमा उत्तिकै संलग्न प्रा.डा. विक्रम श्रेष्ठले प्रतिष्ठान परिसरमै आफ्नै व्यक्तिगत करिब डेढ करोड लगानीमा ‘‘भागवत धर्मशाला’’ निर्माण गरेका छन् । जहाँ बिरामी कुरुवाहरूका लागि सस्तो दरमा बस्ने, खाने सुविधा उपलब्ध गराइएको छ । यो प्रतिष्ठान उनले आफ्ना बुवाको स्मृतिमा निर्माण गरेका थिए ।

आगामी चुनौती

विपी केआईएचएस सुधारको योजनासहित उपकुलपतिमा नियुक्त भएका श्रेष्ठलाई काम गर्न सहज भने देखिँदैन । प्रतिष्ठानमा समस्याको जालो यसरी अल्झिएको छ कि त्यसलाई फुकाउन सजिलो पक्कै छैन । गुणस्तरहीन उपकरण खरिदको आरोप त कहिले आयोगका मुद्दामा फसेका पदाधिकारी, त कहिले ‘पेइङ’ र ‘जनरल’ बिरामीबीचको विभेद यो प्रतिष्ठानको इमेज बिस्तारै धरानको मात्र नभई मुलुककै शानबाट ओरालो लागिरहेको छ ।

प्रा.डा. श्रेष्ठसँग प्रतिष्ठानलाई पुनः एशियनस्तरको स्वास्थ्य तथा शैक्षिक केन्द्र बनाउने भिजन छ । विगतमा प्रतिष्ठान प्रति देखाएको लगाव, मेहनत र दृढविश्वासलाई उपकुलपति भएको बेला पनि निरन्तरता दिए भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शाख पक्कै पनि फिर्ता आउने छ ।

Logo