प्रिमियम र लक्जरीको आभास दिलाउने दिपल एस०५ नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

प्रिमियम र लक्जरीको आभास दिलाउने दिपल एस०५ नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रिमियम र लक्जरीको आभास दिलाउने इलेक्ट्रिक एसयूभी दिपल एस०५ नेपाली बजारमा भित्रिएको छ ।

दिपल एस०७ को सफलतापछि चांगानको नेपालका लागि आधिकारीक वितरक एमएडब्लु वृद्धिले दिपल एस०५ नेपाल ल्याएको हो । विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एईडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउनेछ ।

यसका दुवै सिट वेलकमिंग छन् भने ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ जसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ।

कम्पनीका अनुसार एस ०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ। साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स पनि छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्सलाई बढाउनेछ। साथै यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङको अनुभव दिलाउँछ।

एस०५ मा पहिलोपटक सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २ प्रयोग गरिएको छ जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुनेछ।

हाल नेपाली बजारमा दिपल एस०५ प्लस र म्याक्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । प्लस भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ तर यसको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । साथै, माथिल्लो भेरिएन्ट म्याक्सको बजार मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । हाललाई यसको सुरुवाती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

Logo