यादवलाई दिएकाे पार्टी सदस्यता कांग्रेसले एकदिनमै खोसेपछि…

यादवलाई दिएकाे पार्टी सदस्यता कांग्रेसले एकदिनमै खोसेपछि…

केन्द्रबिन्दु
99
Shares

काठमाडाैं । नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री देवेन्द्र यादवलाई दिएकाे सदस्यता एकदिनमै खोसेको छ।

बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी सदस्यता हस्तान्तरण गरेका थिए । तर आज यादवमाथि व्यक्ति हत्या अभियोग लागेको जानकारीमा आएपछि कांग्रेसले सदस्यता खोसेको हो।

‘हिजो बिहीबार बिहान ९ः४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा सभापतिको कार्यकक्षमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेका बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति निकाल्दै भनेका छन्, ‘तर बुझिदैं गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ।’

Skip This
Skip This
Logo