काठमाडौं । भृकुटीमण्डपमा आगामी मंगलबारदेखि सुरु हुने नाडा अटो शोका लागि प्रदर्शनमा राखिने उड्ने कार तातोपानी नाकामा आइपुगेको छ ।
बाढीपहिरोले तातोपानी नाकाको कोदारीमा १५ दिनदेखि बाटो बन्द रहेका कारण उक्त कार तातोपानी नाकामा बोकेर ल्याइएको हाे । उक्त बाटो कारलाई भरिया लगाइ बोकेर कटाइएको नेपालका लागि दिपलका गाडी बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ। सामाजिक सञ्जालमा यो दृश्यले निकै चर्चा पाएको छ, जहाँ “उड्ने कार” लाई मानिसहरूले बोकेर ल्याइरहेको देखिएको छ।
यो प्रदर्शनीमा चाङ्गन अटोमोबाइल र इहाङ कम्पनीको सहकार्यमा निर्मित उड्ने कार पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शन गरिनेछ।
नाडा अटो शो २०२५ मा यो उड्ने कार प्रमुख आकर्षणको रूपमा रहनेछ । यो कार दुई सिट क्षमताको छ, जसमा ८ वटा प्रोपेलर र ८ वटा इलेक्ट्रिक मोटरहरू छन्। साथै, सुरक्षाका लागि मल्टी-प्यारासुट प्रणाली पनि जडान गरिएको छ। यसले शहरी हवाई यातायातलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
दक्षिण एसियामै अटो प्रदर्शनीका नाममा भए पनि उड्ने कार भित्र्याउने पहिलो मुलुक नेपाल हुने भएको छ । उड्ने कार पूर्णरूपमा विद्युतीय छ । यो कारले ठाडो उडान र अवतरण गर्छ । यससँगै, आगामी दशकहरूमा सहरी गतिशीलतामा क्रान्तिकारी परिवर्तन ल्याउने नवप्रवर्तनको अपेक्षा यसबाट गरिएको छ ।































प्रतिक्रिया