पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

केन्द्रबिन्दु
21
Shares

मलेखु (धादिङ) । जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ।

नीलकण्ठ नगरपालिका–८ साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ। अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो खसेको नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।

पहिरोसँगै ढुङ्गा र रुख सडकमा खसेकाले तत्काल आवागमन खुलाउन समस्या देखिएको उनले बताए। धादिङबेँसी नजिक केहीवर्ष अघिदेखि पहिरो खस्दै आएको भए पनि नियन्त्रणको प्रयास भएको छैन। हाल जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरिएको छ।

Skip This
Skip This
Logo