प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट, दिए भ्रमणको निम्तो

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट, दिए भ्रमणको निम्तो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

सचिव मिश्रीले भेटमा प्रधानमन्त्री ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो पनि दिएका छन् । प्रधानमन्त्री ओली ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमणमा जाने तय भएको छ ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी रहेका छन् ।

Skip This
Skip This
Logo