मितेरी सहकारी ठगीः ज्योती गुरुङलगायत ८ जनाविरूद्ध मुद्धा दायर, १७ करोड ७२ लाख बिगो

मितेरी सहकारी ठगीः ज्योती गुरुङलगायत ८ जनाविरूद्ध मुद्धा दायर, १७ करोड ७२ लाख बिगो

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङलगायतविरुद्ध मुद्धा दायर भएको छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गुरुङसहित ८ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको हो । आठ जना मध्ये तीन जना मात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेमा ज्योतिबहादुर भण्डारी, उनका सहयोगीहरू सुवास खत्री र सुरेश अधिकारी छन्। त्यसबाहेक ज्योति गुरूङ, कुम्भराज गुरूङ, विजयकुमार राई, प्रदिप भन्ने प्रितम अधिकारी र अर्जुन अराम फरार छन्।

‘यसरी निज प्रतिवादी ज्योती गुरुङले सहकारी संस्थाको जम्मा ठगी गरेको रकमको निजले फिर्ता गर्नुपर्ने साँवा, ब्याजसहित हुन आउने रकम १४ करोड २९ लाख २४ हजार ७५४ रूपैयाँ, ज्योती बहादुर भण्डारी समेतसँग मिलेमतो गरी स्क्याममा पारी ठगी गरेको बैंक खातामा जम्मा भएको ३ करोड ३७ लाख ४९ हजार ६२० रूपैयाँ, मेनुका केसीले कुम्भराज गुरुङबाट नगदै लिएको ४ लाख ५० हजार रूपैयाँ र हर्क बहादुर बुढाथोकीले लिनुपर्ने रकम कृपेश घिमिरेले कृष्ण बहादुर रानाबाट नगदै लिएको रकम ८२ हजार ८ सय रूपैयाँ गरी गरी ज्योती गुरुङ समेतले स्क्याममा पारी ठगी गरेको जम्मा रकम ३ करोड ४२ लाख ८२ हजार ४२० रूपैयाँ गरी जम्मा ठगी भएको रकम १७ करोड ७२ लाख ७ हजार १७४ रूपैयाँ देखिएको,’ अभियोगपत्रमा उल्लेख छ ।

Skip This
Skip This
Logo