काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले कुनै गुट नचलाएको बताएकी छन् ।
विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको २१औं वार्षिक उत्सव कार्यक्रमका लागि विराटनगर पुगेकी पूर्वराष्ट्रपति भण्डारीले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफूलाई गुट चलाउन नआउने बताएकी हुन् ।
उनलाई राजनीतिमा आउन रोक लगाउने र पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि राजधानी बाहिर हुन लागेको यो पहिलो भ्रमण हो ।
भण्डारीले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट फिर्ता भएपछि एमाले नै भएको दाबी गरिन् । उनले भनिन्, ‘राष्ट्रपतिबाट फर्किएपछि आफूले एमालेको संगठित सदस्यको नवीकरण गरेको हुँ।’
पूर्वराष्ट्रपतिभण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै सदस्यताबारे धेरै छलफल गर्न आवश्यक नरहेको बताइन् । उनको स्वागतका लागि एमाले नेता कार्यकर्ता सहित कोशी प्रदेशको राज्यमन्त्री सृजना राईसमेत विमानस्थल पुगेकी थिइन् ।































प्रतिक्रिया